कोरिया छोडेर नेपाल फर्किएका दिनेश बने माध्यमिक तहको शिक्षक
काठमाडौं । दक्षिण कोरिया । पछिल्लो समय नेपाली युवाहरुको सपनाको देश बन्दै गएको छ । इपीएस भाषा परीक्षामार्फत निर्माण, कृषिलगायतका क्षेत्रमा यतिबेला लाखौं नेपाली युवाले कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका छन् । यही भीडमा थिए मोरङका दिनेश बुढाथोकी । तर, यतिबेला उनको परिचय र दैनिकी फेरिएको छ ।
२०७२ सालमा दक्षिण कोरियातर्फ लागेका दिनेश करिव ५ वर्षको कोरिया बसाईपछि २०७७ सालमा नेपाल फर्किएका थिए । एकपटक कोरिया गएर आएपछि फर्किने युवाहरु धेरै हुन्छन् । तर, दिनेश भने नेपालमै रोकिए ।
गणित विषयमा बी.एड गरेका दिनेशले शिक्षक सेवा आयोगको तयारी गर्न थाले । २०७९ सालमा आयोगले मोरङमा प्राथमिक तह शिक्षकका लागि विज्ञापन गर्यो । त्यसमा आवेदन दिएका दिनेशले पहिलो प्रयासमै प्राथमिक तृतीय तहमा सिफारिस भए ।
यतिबेला उनी माध्यमिक तह तृतीय श्रेणी गणित विषयका लागि कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस भएका छन् ।
उनकी श्रीमती बबिता पराजुली पनि मोरङको विराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अंग्रेजी शिक्षकका रुपमा कार्यरत छिन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया