Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारकोरिया छोडेर नेपाल फर्किएका दिनेश बने माध्यमिक तहको शिक्षक

कोरिया छोडेर नेपाल फर्किएका दिनेश बने माध्यमिक तहको शिक्षक


काठमाडौं । दक्षिण कोरिया । पछिल्लो समय नेपाली युवाहरुको सपनाको देश बन्दै गएको छ । इपीएस भाषा परीक्षामार्फत निर्माण, कृषिलगायतका क्षेत्रमा यतिबेला लाखौं नेपाली युवाले कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका छन् । यही भीडमा थिए मोरङका दिनेश बुढाथोकी । तर, यतिबेला उनको परिचय र दैनिकी फेरिएको छ ।
२०७२ सालमा दक्षिण कोरियातर्फ लागेका दिनेश करिव ५ वर्षको कोरिया बसाईपछि २०७७ सालमा नेपाल फर्किएका थिए । एकपटक कोरिया गएर आएपछि फर्किने युवाहरु धेरै हुन्छन् । तर, दिनेश भने नेपालमै रोकिए ।

गणित विषयमा बी.एड गरेका दिनेशले शिक्षक सेवा आयोगको तयारी गर्न थाले । २०७९ सालमा आयोगले मोरङमा प्राथमिक तह शिक्षकका लागि विज्ञापन गर्यो । त्यसमा आवेदन दिएका दिनेशले पहिलो प्रयासमै प्राथमिक तृतीय तहमा सिफारिस भए ।

यतिबेला उनी माध्यमिक तह तृतीय श्रेणी गणित विषयका लागि कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस भएका छन् ।

उनकी श्रीमती बबिता पराजुली पनि मोरङको विराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अंग्रेजी शिक्षकका रुपमा कार्यरत छिन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको