Techie IT
  • मंगलबार, जेठ १, २०८१ / Tuesday, May 14, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिविले अझै पाएन नयाँ उपकुलपति, थप तीन महिनाका लागि भुसाल नियुक्त

त्रिविले अझै पाएन नयाँ उपकुलपति, थप तीन महिनाका लागि भुसाल नियुक्त


काठमाडौँ । सरकारले थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।

सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् । अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य भइरहेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट