Techie IT
  • बुधबार, साउन २, २०८१ / Wednesday, July 17, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, को–को परे सिफारिसमा ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, को–को परे सिफारिसमा ?


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति सिफारिस समितिका एक सदस्यका अनुसार समितिको बैठकले चित्रबहादुर बुढाथोकी, केशजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवदेन दिएका थिए । जसमध्ये १४ जना सर्टलिष्टमा परेका थिए । उनीहरुको आज (आइतबार) अन्तर्वार्ता लिएको थियो । सोही अन्तर्वार्ता सकिएलगत्तै उनीहरुको नाम सिफारिस गरिएको ती सदस्यले एजुकेशन समाचारलाई जानकारी दिए ।

अन्तर्वार्ता अघि १४ जनाको सोधपत्र तथा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यिनै तीनजना मध्ये एकजनलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्नेछ ।



तपाईको प्रतिक्रिया