साउथवेस्टनमा अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । बसुन्धारा काठमाडौंस्थित साउथवेस्टन स्टेट कलेजमा अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार ११९ औँ रोटरी डे’का अवसरमा ‘रोटरीका चारसुत्रीय कसी’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा देशभरका ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागि विद्यार्थीहरुलाई गत फागुन ४ गते अभिमुखिकरण गरिएको थियो । त्यस्तै, फागुन ६ गते पहिलो चरणबाट टप टेन प्रतियोगिलाई छनोट गरिएको कलेजकी अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक सरिता शाक्य प्रधानले जानकारी दिइन् ।
साउथवेस्टन स्टेट कलेज र रोटरी क्लब अफ बागमती, काठमाडौंको सहकार्यमा २०७२ सालदेखि निरन्तर हुँदै आएको यो कार्यक्रममा हालसम्म हजारौँ विद्यार्थीले सहभागिता जनाइसकेका छन् । यसलाई निरन्तरता दिनका लागि रोटरियन विजयसागर प्रधानका पिता रामलाल प्रधान तथा विजुलीकुमारी प्रधानले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ४४ पैसाको अक्षयकोष खडा गरिदिएका छन् । जसमार्फत नै हरेक वर्ष यो कार्यक्रम सञ्चालन हुने गरेको छ ।
रोटरीले अवलम्बन गरेको चार सुत्रीय कसी आजको पुस्तालाई आत्मसाथ गराउने उद्धेश्यले वक्तृतवकला प्रतियोगिता आयोजना गरिएको रोटरियन विजयसागर प्रधान बताउँछन् । ‘रोटरीको चार सुत्रीय कसीमा हामीले गर्ने र भन्ने हरेक कुरामा हामीद्वारा जाँचेर मात्र भन्ने अथवा गर्ने गरौँ भन्ने रहेको छ,’ रोटरीको चार सुत्रीय कसीका बारेमा बताउँदै उनी भन्दै थिए, ‘के सत्य कुरा यही नै हो त ?’, ‘के यो सबैका लागि राम्रो हुुन्छ त ?,’ ‘के यसले सद्भावना र मैत्रीको वृद्धि गर्ला त ?,’ ‘के यसले सबैलाई भलो गर्ला त ?’ भन्ने प्रश्न नै रोटरीका चार सुत्रीय कसी हुन् ।’ यो चार सुत्रीय कसीलाई रोटरी इन्टरनेशनलले १९३२ मा प्रतिपादन गरेको थियो ।
कलेजकी अन्तराष्ट्रिय सम्बन्ध निर्देशक शाक्यले रोटरी जस्तो अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्थासँग जोडिएर केही काम गर्न पाउँदा गर्ववान्वित भएको बताइन् । ‘युवा पुस्तालाई रोटरीको चार सुत्रीय कसीलाई आफ्नो जीवनमा कसरी अंगीकार गर्न सकिन्छ भन्ने कुरा अवगत गराउनु आजको आवश्यकता हो,’ उनी भन्छिन्, ‘नयाँ पुस्तामा रोटरीका सुत्र जीवनोपयोगी हुन्छ भन्ने विश्वास लिएकी छु ।’
यस्तै, कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले रोटरीसँगको ८ वर्षको सहकार्य साह्रै सुखद् रहेको बताए । ‘रोटरीसँगको सहकार्यले विद्यार्थीहरुमा प्रतिभा उजागर गर्न सहयोग गर्नुका साथै यसका सुत्रले जीवन बदल्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘यो सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यस्तै, रोटरी क्लब अफ बागमती, काठमाडौंकी अध्यक्ष मञ्जु धमला थापाले विभिन्न क्लवहरुको सहकार्यबाट यस्ताखाले कार्यक्रमहरु सञ्चालन गर्न थप सहयोग पुुगेको बताइन् । साथै, यो कार्यक्रम सम्पन्न गर्न अक्षय कोष खडा गरी सहयोग गर्ने रोटरियन विजयसागर प्रधानको परिवारलाई समेत धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रोटरी अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ का गभर्नर रोटरियन राजेन्द्रप्रसाद ध्वजु रहेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन हुनुका साथै अबको पुस्तालाई नैतिकवान बन्न ठूलो मद्धत मिल्ने उनले बताए । ‘रोटरीका चार सुत्रीय कसीलाई पालना गर्दा मानव जीवन सार्थक हुन्छ,’ उनले भने, ‘अबको पुस्तालाई हामीले यो सुत्रमा अभ्यस्त गराउनु आजको आवश्यकता हो ।’
रोटरी क्लब अफ बागमती काठमाडौंका सन् २०२४/०२५ का लागि अध्यक्ष मानिकरत्न शाक्यले कार्यक्रममा उपस्थित अतिथि, सहभागि विद्यार्थी, निर्णायक मण्डल, कलेज परिवार र सहयोगी क्लबहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
रोटरी क्लब अफ भादगाउँ, त्रिपुरेश्वर, हिमालयन गल्फर्स, पशुपति काठमाडौं, ठमेल, यलको सहकार्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो ।
जसमा प्रथम हुनेलाई नगद ३० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय पुुरस्कार २० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल, तृतीय पुरस्कार १० रुपैयाँ नगद, प्रमाणपत्र र मेडल, सान्त्वना दुुईजनालाई ३÷३ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया