समाचार
गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
काठमाडौं—राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङलाई निर्वाचित गरेको छ ।
गुरुङको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति गठन भएको छ। समितिमा उपाध्यक्ष चेतनाथ भण्डारी, सचिव बालचन्द्र घिमिरे, कोषाध्यक्ष शिव गुरुङ र सदस्यहरू तारा भट्राई, गणेश मल्ल, प्रेम भण्डारी तथा भोजराज अधिकारी रहेका छन्।
अधिवेशनको अध्यक्षता केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समायोजन समन्वय समितिका संयोजक तिलकबहादुर चौहानले गरेका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई र महासचिव प्रतापबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। अधिवेशनको सञ्चालन गण्डकी प्रदेश सचिव सिकन्दर गुरुङ र केन्द्रीय सचिव शान्ता तामाङले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष सिकन्दर गुरुङले प्रदेशस्तरीय शैक्षिक सुधार र निजी विद्यालयहरूको हित सुनिश्चित गर्न आफ्नो नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयहरूबिच सहकार्य र अनुभव साटासाटलाई पहिलो प्राथमिकता दिइने बताए।
केन्द्रीय महासचिव प्रतापबहादुर थापाले अधिवेशनले गण्डकी प्रदेशमा निजी तथा आवासीय विद्यालयहरूको साझा आवाज अझ बलियो बनाएको उल्लेख गर्दै सबै सदस्यहरू मिलेर शिक्षाको गुणस्तर सुधारमा योगदान दिने बताए।
वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले नेसनल प्याब्सनले प्रदेशमा शिक्षा गुणस्तर सुधार र शिक्षक तथा विद्यार्थीका हितमा ठोस कदम चाल्ने बताए। उनले नयाँ नेतृत्वले यस अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। अधिवेशनले आगामी दिनमा प्रदेशमा शैक्षिक विकास र विद्यालयहरूको सशक्तिकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यस्तै केन्द्रिय वरिष्ठ उपाध्यक्ष अधिकारीले नेसनल प्याब्सनले आउँदो दिनमा निरन्तर काम गर्दै प्रदेशस्तरीय शैक्षिक सुधारमा महत्वपूर्ण योगदान दिने बताए ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया