बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन रु ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ ।
पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ । पुस्तक तथा पत्रपत्रिका किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सो रकम माग गरिएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल राष्ट्रिय पुस्तकालयलको यसै साता अवलोकन भ्रमण गरेको थियो । समितिद्वारा गरिएको पुस्तकालयको अवलोकन भ्रमणबाट देखिएका विषयमाथि आज छलफल भएको थियो । छलफलका क्रममा पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित रहेकाले रकम व्यवस्थापनका लागि समितिबाट सहजीकरण गरिदिन माग भएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।
सभापति शर्माले राज्यको सम्पत्ति पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए । “भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित रहेको छ । यसको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी छ । समितिले यसको व्यवस्थापनका लागि सहजीकरण गर्नेछ”, उनले भने ।
छलफल कार्यक्रममा समिति सदस्य तुलसाकुमारी दाहालले पुस्तकालयको समस्यामाथि तत्कालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याउनुपर्ने बताइन् । उनले भनिन्, “तत्काल नष्ट हुने पठन सामग्रीको संरक्षणको लागि पहल गर्नुपर्छ । स्थायी भवन निर्माणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य एवं समन्वय गरी पुस्तकालय सामग्रीको संरक्षण पहल गर्नुपर्छ ।”
उनले पुस्तकालयभित्र कुन–कुन पुस्तक छन् ? कति वर्षदेखिका छन् ? पठन सामग्रीको वर्गीकरण नगरेको बताउँदै दीर्घकालीन योजनाका आधारमा स्थायी भवनको पहल गर्नुपर्नेमा जोड दिइन् । पुस्तकालय नेपालको इतिहास, राज्यको सम्पत्तिका रहेकाले संरक्षण गर्नुपर्ने, तत्काल डिजिटल गर्नुपर्ने सामग्रीको मन्त्रालयसँग बैठक बसी सहजीकरण गर्ने, दिगोरुपले संरक्षित र व्यवस्थित गरी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने विषयमाथि समितिमा छलफल भएको थियो ।
राष्ट्रिय पुस्तकालयका पुस्तक बिग्रिएको र प्रयोग गर्न मिल्ने अवस्थामा नरहेकाले तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गराई त्यसको संरक्षण र निर्माणमा पहल हुनुपर्नेमा समितिले जोड दिएको छ । विनाशकारी भूकम्पले सो भवन पूर्णरुपमा भत्किएपछि पुस्तकालयमा पुस्तक सामग्री अव्यवस्थित रुपमा पाँच वर्षसम्म बाल शान्ति निकेतन माध्यमिक विद्यायल र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भण्डारण गरिएको थियो ।
पुस्तकालयले समितिमाथि राखेको प्रतिवेदनमा समस्या समाधान र कार्यान्वयनका लागि बुक¥याकमा भण्डारण गरिएका एक लाख ५० हजार मध्ये ५० हजार सामग्रीलाई तत्काल धमिरा, ओसबाट बचाउन दश लाख, करिब एक लाख २५ हजार सामग्रीको कागजी तथा डिजिटल रेकर्ड राख्न दश लाख अनुमानित लागत पेश गरेको छ ।
त्यस्तै पाँच हजार दुर्लभ सामग्रीको डिजिटलाइजेसन गरी पुस्तकालयको सफ्टेवरमा राख्न दश लाख, अत्याधुनिक सिसी क्यामरा प्रणाली जडान गर्न दश लाख, अत्याधुनिक सर्भर र ब्याकअप प्रणाली जडान गर्न दश लाख, नेपाल सरकारका मातहतमा रहेका पुस्तकालय अनलाइनमा उपलब्ध गराउन पाँच लाख, बाल पुस्तकालय शाखा निर्माणका लागि २५ लाख र अन्य मेसिनरी औजार उपकरणको लागि पाँच लाख गरी जम्मा ८५ लाख पुस्तकालयले अनुमानित लागत माग गरेको छ ।
पुस्तकालयका विभिन्न आवश्यकता र समस्या पहिचानमाथि शिक्षा मन्त्रालय र पुस्तकालयबीच छलफल गरी आवश्यक निर्देशन दिने समितिका सभापति शर्माले बताए ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया