समाचार
१४ किलो सुन तस्करीमा प्रकरणमा समातिए काठमाडौंकै कलेजका संचालक
काठमाडौं—सुन तस्करी प्रकरणमा राजधानीकै एक कलेजका संचालक पक्राउ परेका छन् । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सामाखुसीबाट पक्राउ गरेको हो ।
पर्वत फूलवारीका गुरुङ दुबईबाट ल्याइएको १४ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका हुन् । सिआईबी स्रोतकाअनुसार अनुसन्धानका क्रममा कलेज संचालक गुरुङ उक्त सुन तस्करी प्रकरणको योजनाकार रहेको पत्ता लागेपछि पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले १४ किलो सुन तस्करीमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।
तर, प्रहरीले उनलाई खोजिरहेको थियो । विशेष सूचनाका आधारमा सिआईबीको टोलीले पक्राउ गरेपछि उनलाई भन्सार कार्यलयको जिम्मा दिने तयारी भइरहेको छ ।
पोखरा युनिभर्सिटीको सम्बन्धनमा प्लाटिनम कलेजले बीबीए, बीएचएमलगायतका कार्यक्रम अध्यापन गराउँदैं आएको छ ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया