Techie IT
  • शुक्रबार, असोज ३०, २०८३ / Friday, October 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ त्रिविले सच्याएर पुनः सार्वजनिक गर्यो स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका

त्रिविले सच्याएर पुनः सार्वजनिक गर्यो स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्याएर पुनः सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक तालिकामा ३० गतेसम्मको चैत महिनामा ३१ गते पनि परीक्षा राखेको भेटिएपछि पनिकाले सच्याएर पुनः सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक सूचनामा अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । चैतको महिना ३० गतेसम्म मात्रै रहेकाले उक्त परीक्षा तालिकालाई लिएर त्रिविको चौतर्फी आलोचना भएको थियो ।

त्रिविले शनिबार पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ । परीक्षा दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने पनिकाले जनाएको छ ।

परीक्षा दिने केही विद्यार्थीको परीक्षा आवेदन फाराम छुटेको पाएकाले चैत ८ गतेभित्र भर्न समय दिएको छ । उक्त समयभित्र दोब्बर दस्तुर तिरेर सम्बन्धित क्याम्पसमार्फत परीक्षा आवेदन फाराम बुझाउनुपर्ने पनिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको