काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
काठमाडौं । थलीस्थित किड्स वर्ल्ड किन्डरकार्टेनको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरीका रुपमा चिनिएको किड्स वर्ल्डले विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।
विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।

विद्यालयकी प्रिन्सिपल विजया थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक रघुराज थापाले मन्तव्यमार्फत सम्पूर्ण उपस्थितलाई स्वागत गरेका थिए । ९ वर्ष अघि थलीमा स्थापित यस मन्टेश्वरीले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको थापाले बताए । ‘हामीले थलीमा मन्टेश्वरी खोल्ने सोच बनाउँदा बागमती पुल एउटा कुनै पनि मन्टेश्वरी खुलेका थिएनन् त्यही चुनौतिका बाबजुद हामीले खोल्ने साहस गर्यौं,’ उनले भने, ‘आज हामीले शिक्षक, अभिभावक र समुदायको साथले ९ वर्ष पूरा गर्न सफल भएका छौँ ।’ अहिले किड्स वर्ल्ड आफ्नै भवनबाट सञ्चालित भइरहेको समेत उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले किड्स वर्ल्ड काठमाडौं पूर्वी भेगकै पायोनियर प्रिस्कुलको रुपमा रहेको बताए । ‘बालबालिकाको मस्तिष्क र बाल मनोविज्ञानलाई बुझेर किड्स वर्ल्डले बालबालिकाको भविष्यलाई सुनौलो बाटोमा हिँडाइरहेको छ,’ उनले भने ।
अहिले नगरपालिकाले पनि प्रि–पाइमरी लेभलको शिक्षालाई जोड दिइरहेकोसमेत उनले बताए । ‘नगरपालिकाले पनि बाल सिकाइलाई मध्यनजर गर्दै इसीडीलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम किड्स वर्ल्ड जस्ता विद्यालयले गरेर सहयोग गरिरहनुभएको छ ।’

यसैगरी, कार्यक्रममा अभिभावक महेश तिमल्सिनाले किड्स वर्ल्र्ड विद्यार्थीहरुमा संस्कारयुक्त शिक्षा दिइरहेको बताए । ‘किड्स वर्ल्डको शिक्षण सिकाइ क्रियाकलापमा संस्कारयुक्त शिक्षा छ,’ उनले भने, ‘किल्ड्स वर्ल्डले यो सिकाइलाई निरन्तरता देओस् ।
त्यस्तै, अभिभावक सोबिया थापाले किड्स वर्ल्डको शिक्षण सिकाइलाई खुलेर तारिफ गरिन् । उनले किड्स वर्ल्डको बालबालिकाप्रतिको केयरिङ, अतिरिक्त क्रियाकलाप, शिक्षण सिकाइले आफू सन्तुष्ट रहेको समेत बताइन् ।
कार्यक्रमकी सभापति एवम् विद्यालयकी प्रिन्सिपल बिजया थापाले किड्स वर्ल्ड यहाँसम्म आइपुग्न अभिभावक, शिक्षकहरुको ठूलो साथ रहेको बताइन् । साथै, विद्यालयले सुधार गर्नुपर्ने कुराहरुसहित रचनात्मक सुझाव दिन उनले अभिभावकहरुलाई आग्रहसमेत गरेकी थिइन् । यसैगरी, वार्षिकोत्सव कार्यक्रम सम्पन्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै थापाले कार्यक्रम विसर्जन गरेकी थिइन् । कार्यक्रममा अपर किन्डरकार्टेनका विद्यार्थीलाई सम्मान तथा कक्षा १ का विद्यार्थीलाई विदाई गरिएको थियो ।

ताजा अपडेट
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया