Techie IT
  • मंगलबार, जेठ ८, २०८१ / Tuesday, May 21, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारमध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया उपकुलपतिमा नियुक्त

मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया उपकुलपतिमा नियुक्त


काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ । उहाँहरूलाई सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको हो,’ सचिवालयले भनेको छ ।



तपाईको प्रतिक्रिया