साउनबाट शिक्षकले मासिक रुपमा तलब पाउने
काठमाडौं । चार/चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन् ।
‘शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ,’ पौडेलले भने ।
शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्था कार्यान्वयन गर्नेमा सरकारले नीति कार्यक्रममा जोड दिएको छ ।
यस्तै, विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नैपर्ने बाध्यता हटाउने तयारी पनि गरिएको छ । सरकारले माध्यमिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव हटाउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनसहितको शिक्षक इन्टर्नसीप पढाउने प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया