चाँगुनारायण नगर उप–प्रमुख बुढाथोकीले आफ्नो तलब विद्यार्थीलाई दिने
काठमाडौं । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् ।
नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।
सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।
‘मैंले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए । कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन । अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु,’ उनले भने ।
कहिलेकाहीं आउने पैसाले नपुगे आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।
नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नको लागि दिएको उनको भनाई छ । एकजना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए ।
उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतंक रहेको बताए । नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने ।
उपमेयर बुढाथोकीले पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लाने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए ।
उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएपनि डोजर चल्न नरोकिएको जानकारी दिए । त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ ।
नगरपालिकाको अनुमती बेगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिंदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया