बजेटमा शिक्षा : के छ नयाँ योजना ?
काठमाडौं । सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन् । उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे ।
मन्त्री पुनले उच्च शिक्षालाई अनुसन्धानमूलक, प्रवद्र्धनमुखि र व्यवसायीक बनाइने बताए ।
त्यस्तै, सरकारले विद्यालय परिचय पत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आवद्ध गरी स्थानान्तरण र छात्रवृत्ति वितरणलाई व्यवस्थित गरिने बताए ।
त्यसैगरि बालबिकास शिक्षाको गु्णस्तर वृद्धि गर्न बालविकासका एक हाजार पाँच सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराइने अर्थमन्त्रीले उद्घोष गरे ।
सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने व्यवस्था मिलाइने पुनले बताए ।
कर्णालीका जुम्ला, हुम्ला र कालिकोटका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको पुनले बताए ।
दिवा खाजाका लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको छ ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया