सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’ सम्पन्न, समृद्धी स्कुलले चुम्यो उपाधि
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’ प्रतियोगिताको उपाधि समृद्धी स्कुलले चुमेको छ । आज सोमबार चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा सम्पन्न प्रतियोगितामा समृद्धीले इन साइट भिजन सेकेण्डरी स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गत शनिबारबाट सुरु भएको प्रतियोगितामा २९ वटा टीम सहभागि भएका थिए । जसमा प्रथम हुने समृद्धी स्कुलले २५ हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र र २५ हजार नगद पुरस्कारको प्राप्त गरेको छ । त्यस्तै, प्रथम हुने टीमका खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा कलेजले पूर्ण छात्रवृत्तिसमेत उपलब्ध गराउने छ ।
त्यस्तै, द्धितीय हुने इन साइट भिजनले ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कार पाएको छ । यसैगरी, टीममा सहभागि खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा मासिक शुल्क र ल्याब शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बेष्ट प्लेयर, उच्च अंक प्राप्त गर्ने खेलाडी र बेष्ट किपरलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ । यो तिनवटै उपाधि प्राप्त गर्ने खेलाडी समृद्धी स्कुलकै खेलाडी रहेका छन् ।
यसैगरी, खेलमा सहभागि अन्य २७ वटै टीमका खेलाडीलाई पूर्ण शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय फुटबल टीमका खेलाडी भरत खवासको प्रमुख आतिथ्यता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै खवासले भोलिका दिनमा यस्तै प्रतियोगिताहरुले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सहयोग गर्ने बताए । साथै, फुटबलमै लाग्छु भन्नेहरुका लागि नेपालमा राम्रो सम्भावना रहेको समेत उनले बताए । ‘अहिले अण्डर १७ र २० को छनोटका लागि एन्फाले फारम खुलाएको छ तपाईंहरुमध्ये इच्छुकले भर्न सक्नुहुनेछ,’ उनले भने ।
त्यस्तै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले कलेजले विद्यार्थीहरुमा शिक्षाका साथै खेल क्षेत्रमा समेत अघि बढ्न मद्धत मिलोस् भन्ने उद्धेश्यले फुटसल कपको आयोजना गरिएको बताए । ‘गुणस्तरीय शिक्षासँगै खेलकुद भन्ने अवधारणाअनुसार हामीले विभिन्न खेलकुद क्रियाकलापहरु गर्दै आएका छौँ,’ उनले भने, ‘एसईई कप फुटसल पनि त्यसैभित्रको एउटा गतिविधि हो यसलाई हामी आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौँ ।’
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया