Techie IT
  • मंगलबार, कात्तिक ४, २०८३ / Tuesday, October 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ कसरी हेर्ने एसईईको नतिजा ? (तरिकासहित)

कसरी हेर्ने एसईईको नतिजा ? (तरिकासहित)


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भने, ५२.१४ प्रतिशत विद्यार्थीले एनजी प्राप्त गरेका छन् ।
बोर्डले विभिन्न प्लेटफर्ममार्फत नतिजा हेर्ने व्यवस्था गरेको छ । जसमा विभिन्न वेबसाइट, एसएमएस, र आईभीआरबाट नतिजा हेर्न सकिने बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

यससम्बन्धमा बोर्डले नै सूचना जारी गरी जानकारी गराइसकेको छ । कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्ने कार्यलयले जनाएको छ ।

नतिजा हेर्ने तरिकासम्बन्धि जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको