ग्लोबल कलेजले उत्कृष्ट २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिँदै, असार १७ गतेदेखि प्रवेश परीक्षा
काठमाडौं । मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले २५ जना उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । कलेजले कक्षा ११ र १२ अध्ययनका लागि उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति दिन लागेको हो ।
कलेजले प्रदान गर्न लागेको उक्त छात्रवृत्तिमा भर्खरै एसईई उत्तीर्ण विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाइरहेको कलेजका प्रिन्सिपल अम्बादत्त जोशीले जानकारी दिए । देशभरकै अब्बल माविको सूचीमा पर्दै आएको यस कलेजले विज्ञानतर्फको असार १७ र व्यवस्थापनतर्फ १८ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । उक्त परीक्षामा राम्रो अंक ल्याउने उत्कृष्ट २५ जनालाई विज्ञान विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल जोशीले जानकारी दिए । ‘व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४०% भन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन् ।’
कलेजले परीक्षाका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तकसमेत उपलब्ध गराएको छ । भने। परीक्षा समय लगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।
उसो त यतिबेला ग्लोबल कलेजमा आउने र आवेदन दिने विद्यार्थीहरुको ठूलो चाप बढेको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक, प्रविधिमैत्री कक्षाकोठा, उपयुक्त लोकेशन, अत्याधुनिक विषयगत प्रयोगशाला जस्ता कुराले ग्लोबलप्रति विद्यार्थी तथा अभिभावकको चासो बढिरहेको छ ।
यसैगरी, ग्लोबलको अर्को सशक्त पक्ष भनेको विद्यार्थी केयरिङ पनि हो । पढाई होस् या अतिरिक्त क्रियाकलापमा अब्बल र कमजोर विद्यार्थीलाई पहिचान गरी उनीहरुलाई आवश्यक सहजिकरण गर्दै आएको जोशी बताउँछन् ।
त्यस्तै, अतिरिक्त क्रियाकलापमा पनि ग्लोबल कलेज अरु भन्दा भिन्नै छ । पर्याप्त खेल मैदान र पूर्वाधारको राम्रो व्यवस्था रहेको कलेजले जनाएको छ । ‘हामी कहाँ फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ,’ जोशीले भने ।
ताजा अपडेट
- शिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति
- काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी
- १६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया