Techie IT
  • शुक्रबार, कात्तिक ९, २०८१ / Friday, October 25, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठएडमिसन/इभेन्टहजारौं कलेजको भीडमा साउथवेस्टन स्टेटलाई नै किन रोज्ने ?

हजारौं कलेजको भीडमा साउथवेस्टन स्टेटलाई नै किन रोज्ने ?


नेपालमा कक्षा ११ र १२ अध्ययन अध्यापन गराउने माविहरुको भीडमा काठमाडौंको बसुन्धारास्थित साउथवेस्टन स्टेट कलेज अब्बलताको सूचिमा अग्रस्थानमा छ । दक्ष तथा अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, उत्कृष्ट भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला, अतिरिक्त क्रियाकलापमा जोड लगायतका कुराले यो कलेज वर्षौंदेखि विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । स्थापनाको १४ औँ बसन्तको उकाली लाग्दै गर्दा यस कलेजबाट उत्पादित विद्यार्थीले कोरेको शैक्षिक गन्तव्य यसको सफलताको अर्को बलियो सूचक हो ।

रिङरोडबाट नजिकै रहेको यस कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषयको अध्ययन अध्यापन हुँदै आएको छ । काठमाडौंको पश्चिम भेगमा रहेको यस कलेजले स्थापनाको वर्षबाटै गतिलो प्रभाव छोड्दै र परम्परागत शैक्षिक परिपाटीको धङधङी तोड्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा होस् या कलेजले आयोजना गर्ने विभिन्न आन्तरिक तथा बाह्य अतिरिक्त क्रियाकलापमा यहाँका विद्यार्थीको उपस्थिति उत्कृष्ट रहँदै आएको छ । यतिमात्र होइन, यहाँ अध्ययन गर्न आउने विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहुँच बढाएका छन् । ‘हामीले हरेक वर्ष शैक्षिक भ्रमणका सिलसिलामा अमेरिका, यूरोप लगायतका देशहरुमा लैजान्छौँ,’ क्याम्पस प्रमुख डा. राजेन्द्र केसी भन्छन्, ‘यसले विद्यार्थीहरुलाई विकसित राष्ट्रहरुको विकास र शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर प्रदान गरिरहेको छ भन्ने हाम्रो विश्वास छ ।’

उत्कृष्ट भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला

कुनैपनि शैक्षिक संस्थाका लागि भौतिक पूर्वाधार अपरिहार्य पक्ष हो । साउथवेस्टन यो पक्षमा अब्बल छ । विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउनुमा कलेजको भवन पनि एक हो । कलेजले आफ्नै स्वामीत्वमा रहेको तीन रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संरचनामा अध्ययन अध्यापन गराउँदै आएको छ । उक्त भवनभित्र सभाहल, म्यानेजमेन्ट प्रयोगशाला, विज्ञान प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला, सूचना प्रविधिमैत्री कक्षाकोठा, एसीजडित कक्षाकोठा, आकर्षक चमेना गृह लगायतका संरचनाले साउथवेष्टनलाई बलियो बनाउन सहयोग गरिरहेको क्याम्पस प्रमुख डा. केसी बताउँछन् ।

‘प्रिजेन्टेसन क्लास’ मा फोकस

साउथवेस्टनको अब्बल नतिजामा निरन्तरताको अर्को कारण भनेको ‘प्रिजेन्टेसन क्लास’ पनि हो । शिक्षकको सहजिकरणमा विद्यार्थीहरुले गर्ने प्रविधियुक्त प्रस्तुतिकरणले शिक्षण सिकाइ क्रियाकलापमा गुणस्तरीयता थपेको कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी बताउँछन् । ‘आजको युगका विद्यार्थी शिक्षकको भरमा मात्र हुनुहुन्न उनीहरुलाई पनि खोज तथा अनुसन्धानमा लगाउनुपर्छ भन्ने हाम्रो सुरुवाती वर्षदेखिकै मान्यता हो,’ उनले भने, ‘त्यही मान्यतालाई अनुसरण गर्दै हामीले विद्यार्थी स्वयम्लाई प्रस्तुतिकरणका लागि प्रोत्साहन गर्दछौँ ।’
यस्ता प्रस्तुतिकरण गरी अध्यापन गराइने हुँदा विद्यार्थीहरुमा रहेको कमजोरी पहिल्याउनका लागि शिक्षकलाई समेत सहज भएको केसीको भनाई छ । ‘यस्ता कक्षाले हामीलाई कुन विद्यार्थीको शैक्षिक अवस्था के छ भन्ने बुझ्न सहज हुन्छ,’ उनले भने, ‘त्यसपछि कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको समेत व्यवस्था गरी उसको क्षमता अभिवृद्धिमा सहयोगी सारथीको भूमिकामा रहन्छौँ ।’

अभिभावकसँग निरन्तर मनोसामाजिक परामर्श

विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापका साथै उसको वैयक्तिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा साउथवेष्टन दृढ देखिन्छ । उसो त कलेजले विद्यार्थी र अभिभावकको वास्तविक अवस्था पहिचान गरी उनीहरुलाई आवश्यक परामर्शका साथै सहयोग समेत गर्दै आएको प्रिन्सिपल डा. केसी बताउँछन् । ‘कुनैपनि विद्यार्थीले शिक्षा आर्जन गर्न आउनुभन्दा पहिला ऊ मानसिक रुपमा तनावरहित हुन जरुरी छ,’ उनले भने, ‘यदि कुनै विद्यार्थीलाई घरायसी रुपमा समस्या छ भने हामी त्यसको पहिचान गरी अभिभावक, विद्यार्थीसँग परामर्श गर्छौं र समाधानको बाटोमा जान्छौँ ।’

साथै, विद्यार्थीको प्रस्तुतिलाई लिएर भर्चुअल र भौतिक रुपमा निरन्तर अभिभावकसँग सम्पर्कमा रहनाले कलेज, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध निकै गाढा हुँदै गएको उनको बुझाई छ ।

विज्ञसँग नियमित अन्तक्रिया

साउथवेष्टनले समसामयिक विषयमा विज्ञसँग विद्यार्थीहरुलाई नियमित अन्तक्रिया गराउँदै आएको छ । जसले विद्यार्थीहरुमा रहेको दुविधालाई चिर्न सहयोग गरिरहेको कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछाने बताउँछन् । ‘हामी समाजमा भएका वा हुनसक्ने सम्भावित विषयवस्तूहरुका बारेमा विज्ञसँग अन्तक्रिया कार्यक्रमहरु सञ्चालन गर्छौं,’ उनले भने्, ‘यस्ता कार्यक्रमले विद्यार्थीले आफूमा रहेको दुविधालाई फस्र्यौट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि पाइरहेका हुन्छन् ।’

यसैलाई निरन्तरता दिँदै कलेलजले केही साता अघिमात्र सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियाजन गरेको बजेटमाथि विज्ञसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको लामिछानेको दाबी छ ।

‘क्रस क्लास’

साउथवेस्टनले शिक्षण सिकाइ क्रियाकलापमा अपनाएको अर्को अब्बल पक्ष भनेको ‘क्रस क्लास’ पनि हो । जसमा एउटै विषय अध्यापनका लागि दुईभन्दा बढी शिक्षकहरुलाई व्यवस्थापन गरिएको छ । जसकारण विद्यार्थीले एउटा शिक्षकबाट नबुझेको कुरा अर्को शिक्षकबाट सिक्ने मौका पाउँछन् । यतिमात्र होइन कक्षाकोठामा लिइने टेस्ट परीक्षाको कपी विद्यार्थी एकले अर्काको परीक्षण गर्छन् । ‘जसले विद्यार्थीको आत्मबल बढाउँछ र उनीहरुलाई शिक्षकले भन्दा पनि आफ्नो नजिकको साथीले देखाइएको गल्तीले चाँडो सच्चिन सक्छन्,’ सहायक क्याम्पस प्रमुख केसी बताउँछन् ।

निरन्तर सफलताको उकालोमा

२०६७ सालमा १ सय २९ जना विद्यार्थीबाट कक्षा ११ र १२ अध्ययन अध्यापन सुरु गरेको यस कलेजमा अहिले २ हजार ६ सय जना विद्यार्थी अध्ययनरत छन् । साउथवेस्टन ग्रुपद्वारा सञ्चालित कलेजको छाता संगठनभित्र प्लेग्रुपदेखि पीएचडीसम्मका कार्यक्रम सञ्चालित छ ।

जसअन्तर्गत कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषय अध्यापन हुन्छन् । भने, स्नातक र स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीएम, बीसीए, बीबीएस, बीएसडब्लू लगायतका संकायमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, स्नातकोत्तर तहमा एमबीएस र एमए अंग्रेजीका कार्यक्रमहरु सञ्चालित छन् ।

आइएसओ मान्यताप्राप्त कलेज

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाकै कारण यो कलेज आइएसओ मान्यताप्राप्त कलेज पनि हो । स्थापनाको एक दशकमै शैक्षिक सफलतामा कलेजले आफ्नो गौरवपूर्ण इतिहास कोरेको छ । २१ औँ शताब्दीको आवश्यकतालाई ध्यान दिँदै कलेजले शिक्षालाई ज्ञानमुखी, सीपमुखी, अनुसन्धानमुखी र समाजमुखी बनाउन प्रयत्नशील रहेको क्याम्पस प्रमुख डा. केसी बताउँछन् । शिक्षण सिकाइमा अनुसन्धान, प्रतिभाको पहिचान, विद्यार्थी शिक्षक अवधारणा, पावरप्वाइन्ट प्रिजेन्टेसन, करिअर काउन्सिलिङ, शैक्षिक भ्रमण, स्थलगत भ्रमण, हाइकिङ, परियोजना लेखन, परीक्षा पुनरावलोकन, एक्सचेन्जिङ ब्रेन इन एक्सन, गृहकार्य परीक्षण, नैतिक शिक्षा, सकारात्मक सोचको विकास, व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरुले विद्यार्थीको सिकाइमा थप बलियो व्यवस्थित, व्यवहारिक र प्रभावकारी बनाएको उनको भनाइ छ । ‘विद्यार्थीको उर्जा र उत्साहलाई नियमित पढाइसँगै नृत्य, गायन, हाजिरीजवाफ, प्रिजेन्टेसन, वादविवाद, पब्लिकस्पिकिङ, कथा कविता निबन्ध, गजल, ट्यालेन्ट हन्ट, चित्रकला, उद्घोषढा तालिम, चेस प्रतियोगिता जस्ता को–करिकुलर गतिविधिहरु हामीले प्रभावकारी तरिकाले अघि बढाउँछौँ,’ उनले भने, ‘मासिक र त्रैमासिक पत्रिका प्रकाशन मार्फत विद्यार्थीको सिर्जनशीलता प्रोत्साहन र प्रवद्र्धन गर्दै हरेक बालबालिकामा पारिवारिक, सामाजिक भावना र जिम्मेवारीको विकास गराउन असहाय, प्राकृतिक विपदबाट पीडित, बालआश्रम र वृद्धाश्रमका वृद्धवृद्धा समक्ष बेलाबखत सहयोगका कार्यक्रममा समेत विद्यार्थीलाई सरिक गराउँदै आएका छौँ ।’

स्थापनाको छोटो समयमै साउथवेष्टर्न कलेजबाट उत्पादित विद्यार्थीहरु मेडिकल, पारामेडिकल, इन्जिनियरिङ, कृषि, आइटी, निजामती सेवा, बैंक, प्रहरी, सेना, पत्रकारिता, गैरसरकारी सस्था र उद्यमशीलताका क्षेत्रमा स्थापित हुँदै गएको छ । साथै, उच्च शिक्षाको लागि देशभित्र मात्र नभई अमेरिका, बेलायत, युरोप, अष्ट्रेलिया लगायतका देशहरुमा छात्रवृत्तिमा समेत पढिरहेको कलेजले जनाएको छ ।

शिक्षा क्षेत्रमा पुर्याएको योगदानकै यस कलेजले विभिन्न सरकारी, गैरसरकारी एवं अन्तर्राष्ट्रिय अवार्डहरु समेत हासिल गर्न सफल भएको सहायक क्याम्पस प्रमुख केसी बताउँछन् । ‘शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउने उद्धेश्यका साथ साउथवेस्टनले इन्टरनेशनल कोल्याबरेटिभ पार्टनरसीप अन्तगर्त हालसम्म १० वटा विश्वविद्यालयसँगै १४ वटा संघसंस्थासँग सहकार्य गरेको छ,’ उनले भने, ‘राष्ट्रि रुपमा पनि नेपाल सरकार, स्थानीय सरकार, लायन्स रोटरी, लिओ, रोट्रयाक्ट, जेशिस, मानवअधिकार, यसेफ लगायत दर्जनौँ संघसंस्थाहरुसँग् सहकार्य जारी राखेका छौँ ।’

कलेजले पढाइका साथै आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कलेज भित्रका शिक्षक र कर्मचारीलाई मात्र नभइकलन कलेज बाहिरका शिक्षकहरुलाई विषयगत रुपमा र शैक्षिक नेतृत्वहरुलाई एकेडेमिक लिडरसीप, पाराडिज्म सिफ्ट अन एजुकेशन र प्रोगेसीप स्कुल जस्ता विषयमा निरन्तर तालिम, वर्कसप र सेमिनार गर्दै आएको छ । यस्ता कार्यक्रमले पेशागत व्यवसायिकताको कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगबाट अगाडि बढाउँदै शिक्षामा गुणस्तरीयता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको क्याम्पस प्रमुख केसी बताउँछन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट