Techie IT
  • बिहीबार, कात्तिक ६, २०८३ / Thursday, October 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म, एनजी पाएका सबै विद्यार्थीले परीक्षा दिन पाउने

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म, एनजी पाएका सबै विद्यार्थीले परीक्षा दिन पाउने


काठमाडौं । राष्ट्रिय परीक्षा बार्डले एसईईको ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकले साउन २३ देखि ३१ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले यसअघि दुई विषयसम्म एनजी पाएका विद्यार्थीहरुको साउन १८ र १९ गतेलाई ग्रेडवृद्धि परीक्षा लिने निर्णय गरेको थियो । तर, असार १४ गते शिक्षा मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै एनजी पाएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको थियो । योसँगै आइतबार बसेको बैठकले साउन २३ गतेबाट परीक्षा गर्ने निर्णय गरेको हो । एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् । अब यी सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको