Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचाररिलायन्स कलेजकी शेर्पाले जितिन् ‘नेपाल स्पेल बी’को पाँचौँ संस्करण

रिलायन्स कलेजकी शेर्पाले जितिन् ‘नेपाल स्पेल बी’को पाँचौँ संस्करण


काठमाडौं । मलिन मिडियाद्वारा आयोजित पाँचौं संस्करणको ‘नेपाल स्पेल बी’ (इङ्गलिस स्पेलिङ कन्टेस्ट) को उपाधि रिलायन्स इन्टरनेशनल कलेजकी छिरिङ्ग केसाङ्गले जितेकी छन् । कान्तिपुर टेलिभिजनबाट विगत ७ महिनादेखि प्रसारण हुँदै आएको उक्त प्रतियोगिताको उपाधि केसाङ्गले हात पारेकी हुन् ।

यो सँगै शेर्पाले तीन लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । पत्रकार भुषण दाहालले सञ्चालन गरेको उक्त कार्यक्रममा देशभरका नौ सय कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए । रियालिटी शो को झल्को दिने गरि शुरु भएको उक्त कार्यक्रममा मलिन मिडियाले देशभरि रहेका कलेजमै पुगेर प्रतियोगी छनोट गरेको थियो ।

शेर्पाले यो प्रतियोगितामा उपाधि हात पार्नुमा कलेजले नियमित आयोजना गर्ने अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको कलेजका प्रिन्सिपल रविन्द्रजंग थापा बताउँछन् । ‘रिलायन्सले विद्यार्थीलाई पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि जोड दिन्छ भन्ने गतिलो प्रमाण हो यो,’ उनले भने, ‘हामीले यस्ता थुप्रै प्रतियोगिता जित्दै आएका छौँ ।’

मानविकी संकायमा अध्ययनरत शेर्पा पढाईमा पनि अब्बल रहेको उनले बताए । ‘शेर्पाको यो ऐतिहासिक जितले हाम्रो प्रतिष्ठामा अर्को इट्टा थपिएको छ,’ उनी भन्दै थिए ।

त्यस्तै, कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख गोविन्द ढकाल पनि नियमित हुने आन्तरिक तथा बाह्य प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराएको परिणाम प्राप्त भएको बताउँछन् । ‘कलेजले वर्षभरी गर्ने अतिरिक्त क्रियाकलापको तालिका नै बनाएर नियमित र निरन्तर यस्ता खाले कार्यक्रम गर्दै आएकाले ठूला–ठूला प्रतियोगितामा जित हात पार्न सफल भएका छौँ ।’



तपाईको प्रतिक्रिया

धेरैले पढेको