दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौं – त्रिवि प्राज्ञिक परिषद्ले स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक विषयमात्र अनुत्तीर्ण हुँदा विद्यार्थीको उच्च शिक्षा, रोजगारी तथा वैदेशिक अध्ययनका लागि बाटो बन्द भएको भन्दै परिषद्ले मौका परीक्षा दिन पाउने नीतिगत निर्णय गरेको हो ।
यसअघि कुनै विद्यार्थी एउटा विषयमा अनुत्तीर्ण भएमा उसले उक्त विषयको परीक्षा दिनका लागि एक वर्ष कुर्नुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई चिर्ने उद्धेश्यले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल बताउँछन् । ‘अन्तिम वर्षमा पुगेको विद्यार्थी एक वा दुईवटा विषयमा अनुत्तीर्ण भएर एक वर्ष उत्तिकै बस्दा उसले थुप्रै अवसरबाट बञ्चित हुने कुरालाइ मध्यनजर गदै मौका परीक्षाको व्यवस्था गरिएको हो,’ उनले भने ।
उपकुलपति बरालका अनुसार स्नातक तहको अन्तिम वर्षको परीक्षाफल प्रकाशित भएको दुईसाता भित्रै मौका परीक्षा सञ्चालन गरिने छ । ‘त्यसको नतिजा पनि छिट्टै प्रकाशित गर्छौं,’ उनी भन्छन्, ‘मौका परीक्षा दिएका विद्यार्थीलाई स्नातकोत्तरमा भर्ना हुन अप्ठ्यारो नपर्ने गरी समयमै परीक्षाफल प्रकाशित गर्छौं ।’
यो व्यवस्था लागू भएपछि वर्षेनी २० हजारभन्दा बढी विद्यार्थीले मौका परीक्षामा सहभागी हुने उपकुलपति बरालको अनुमान छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया