त्रिवि सभाले गर्यो २६ अर्बको बजेट पास
काठमाडौं– शैक्षिक सत्र २०८१/०८२ का लागि त्रिभुवन विश्वविद्यालय सभाले २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ । मंगलबार बसेको त्रिविको सभाले उक्त बजेट पास गरेको हो ।
सभामा त्रिवि रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट पेस गरेका थिए । सभाले सो बजेटलाई पास गरेको हो । विनियोजित बजेटअन्तर्गत १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजा रुपैयाँ चालु र पुँजीगत खर्च हुने त्रिविले जनाएको छ ।
त्यस्तै, आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने त्रिविको अनुमान छ ।
सभाले नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्नेसमेत जनाएको छ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया