कक्षा १२ मा एनजी ल्याएका विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराउन अदालतको अन्तरिम आदेश
काठमाडौं—उच्च अदालत पाटनले चिकित्सा शिक्षा आयोगलाई राष्ट्रिय परीक्षा बोर्डको नतिजामा एनजी आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीस हेमन्त रावलको एकल इजलासले नतिजामा अन्तिममा हेरफेर हुन सक्ने भन्दैं एनजी आएर एकीकृत प्रवेश परीक्षाको फर्म भरेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।
कक्षा १२ को परीक्षा अगावै योग्य ठह्याई आयोगले सूचना प्रकाशित गरेकोले पुनर्योगको निर्णय नआउँदैं परीक्षामा सहभागी नगराउँदा उनीहरुको अध्ययन गर्ने अवसरमा तत्कालका लागि असर पर्ने देखिएको अन्तरिम आदेशमा छ । ‘निवेदकहरु पुर्नयोगबाट सफल भई प्रवेश परीक्षामा असफल भएमा वा प्रवेश परीक्षामा सफल भई पुर्नयोगबाट असफलमा यी दुवै अवस्थामा निजहरु चिकित्सा शिक्षा आयोगबाट संचालन हुने स्नातक तहको अध्ययनका लागि निजहरु ग्राह्य हुने अवस्था देखिदैन्,’ अन्तरिम आदेशमा छ, ‘तर, निर्धारित प्रवेश परीक्षामा सहभागी हुने अवसरबाट तत्काल बञ्चित हुनु परेको अवस्थामा निजहरु पुनर्योगको नतिजामा सफल भएमा निवेदकहरुलाई क्षति पुग्न सक्ने अवस्था देखिन्छ ।’
अदालतले परीक्षामा निवेदकहरुलाई सहभागी गराउँदा विपक्षी आयोगलाई पर्ने कार्यभारभन्दा निवेदकलाई पर्ने क्षति गम्भीर र अपुरणीय देखिने भन्दैं सुविधा सन्तुलनका दृष्टिले समेत अन्तरिम आदेश जारी गरेको जनाएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया