Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षक नियुक्ति तथा पदस्थापनाका लागि केन्द्रले दियाे निर्देशन

शिक्षक नियुक्ति तथा पदस्थापनाका लागि केन्द्रले दियाे निर्देशन


काठमाडाैं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्न माध्यमिक तह, तृतीय श्रेणीका शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

शिक्षक सेवा आयोगको चलानी नम्बर २७७ पुस १९ को सिफारिस पत्रानुसार उक्त आयोगबाट प्रकाशित पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएकाहरूलाई पदस्थापना गर्न निर्देशन दिएको हो ।

विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पदसंख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सातवटै प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शनमा तोकिए बमोजिम नियुक्ति तथा पदस्थापना गर्न निर्देशन दिएको छ ।



तपाईको प्रतिक्रिया