अब त्रिविमा नतिजा सार्वजनिक भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क तिर्न नपर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले नतिजा सार्वजनिक भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने जनाएको छ । पनिकाले एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय रिजल्ट आएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने जनाएको हो ।
उसो त्रिविले आफू मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका विद्यार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन अनुरोध गरेको छ ।
विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूलाई तोकिएको शुल्कको शुल्कको बैंक भौचरसहित गोप्य शाखामा सात दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।
यसअघि त्रिवि पनिकाले फरक फरक विषयको लागि शुल्क लिँदै आएको थियो । साउन ३२ गते पनिकाले बल्खु सुधारसहित आन्दोलनरत विद्यार्थीहरूसँग १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा विद्यार्थीले भरेको परीक्षा आवेदन फाराममा नाम, थर, विषय, रजिस्ट्रेसन नम्बर आदिमा ठिक रहेको तर, परीक्षा नियन्त्रण कार्यालयको अभिलेख (लेजर) मा फरक रहेको देखिएमा शुल्क नलाग्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको थियो ।
सोही आधारमा पनिकाले नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउँदा कुनै शुल्क नलाग्ने निर्णय गरेको हो ।
सातदिनभित्र निवेदन दिएर हालसम्म पेन्डिङ्गमा रहेका निवेदनहरूको फरफारक गर्न सहजीकरण गर्न सहयोग गर्न पनिकाले सबैमा अनुरोध गरेको हो । त्यसका लागि रजिस्ट्रेसन कार्डको प्रतिलिपि, सक्कल प्रवेश पत्रहरू, सक्कल मार्कसिट, क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा निर्देशनालयको सिफारिस पत्र पेस गर्न भनेको छ ।
ट्रान्सक्रिप्टका लागि आवेदन दिने विद्यार्थीहरूले आफूले प्राप्त गरेको रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता छ कि छैन रूजु गरी एकरूपता भएमा मात्र ट्रान्सक्रिप्टका लागि आवेदन फाराम भर्न अनुरोध गरेको छ ।
त्यस्तै रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता नदेखिएमा आवश्यक कागजातहरू संलग्न गरी अभिलेखमा एकरूपता कायम गर्न गोप्य शाखामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । उक्त निवेदनहरूमा कारबाही भई अभिलेखमा एकरूपता भए पश्चात् मात्र सबै मार्कसीटको प्रतिलिपि संलग्न राखी ट्रान्सक्रिप्टको आवेदन फाराम पेस गर्नुपर्ने सूचनामा जनाइएको छ ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया