Techie IT
  • मंगलबार, असार २४, २०८२ / Tuesday, July 8, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारकहिले आउला एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा ? यस्तो छ बोर्डको तयारी

कहिले आउला एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा ? यस्तो छ बोर्डको तयारी


काठमाडौं । यतिबेला २ लाख ९ हजार ८ सय ४ जना विद्यार्थी एसईई ग्रेडवृद्धि परीक्षाको नतिजाको प्रतिक्षामा छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत साउन २३ देखि ३१ गते एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा तयारीका विषयमा के गर्दैछ त बोर्ड ? बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रण नन्दलाल पौडेल यतिबेला उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बताउँछन् । ‘हामी दसैँ अघि नै ग्रेडवृद्धिको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेका छौँ,’ उनले भने, ‘कक्षा ११ को रजिष्ट्रेसन फारम भर्नका लागि कुनै अप्ठ्यारो नपर्ने गरी नतिजा निकाल्छौँ ।’

बोर्ड यसअघि सार्वजनिक गरेको एसईईको नतिजामा २ लाख ३४ हजार विद्यार्थीले नन् ग्रेड पाएका थिए ।

एसईईको परीक्षा प्रदेशले सञ्चालन गर्ने प्रावधान भएपनि प्रदेशले त्यो जिम्मेवारी पाउन सकिरहेको थिएन । यद्यपि, ग्रेडवृद्धि परीक्षाको जिम्मेवारी भने बोर्डले प्रदेशलाई जिम्मा दिएको थियो । ग्रेडवृद्धि परीक्षाको प्रश्नपत्र छपाई, उत्तरपुस्तिका पुर्याउनेदेखि संकलन, परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका परीक्षण लगायतका सबै काम प्रदेशलाई जिम्मा दिएको पौडेलले बताए । ‘अब हामीले त नतिजा निकाल्ने मात्र हो,’ उनले भने, ‘प्रदेशलाई नै जिम्मा दिँदा अझै छिटो हुने हाम्रो आशा छ ।’

यतिबेला उत्तरपुस्तिका परीक्षण भइरहेको र परीक्षण सकिएकाहरुको नम्बर बोर्डमा पठाउनेसमेत काम भइरहेको पौडेलले जानकारी दिए ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको