Techie IT
  • सोमबार, असार ३०, २०८२ / Tuesday, July 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारत्रिभुवन विश्वविद्यालयद्वारा ११ वटा आंगिक क्याम्पस प्रमुखको दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयद्वारा ११ वटा आंगिक क्याम्पस प्रमुखको दरखास्त आह्वान


काठमाडौं– त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसका लागि क्याम्पस प्रमुखको दरखास्त आह्वान गरेको छ । त्रिविको क्याम्पस प्रमुख छनोट समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै रिक्त क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान गरेको हो ।

त्रिविले आवेदन माग गरेका मध्ये दुईवटा काठमाडौंका क्याम्पस रहेका छन् । जो विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस हुन् । त्यस्तै, ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको प्रमुखका लागि पनि दरखास्त आह्वान गरिएको छ ।

यसैगरी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरूप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको हो ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको