कक्षा १२ मौका परीक्षाको समयतालिका सार्वजनिक, ११ बजेदेखि परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मौका परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी भदौ २५ र २६ गते हुने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको तालिकामा २५ गते अनिवार्य अग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषयको परीक्षा दिन पाउनेछन् । दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
त्यस्तै, भदौ २६ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुको लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन् । यद्यपि, यस दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन नहुने बोर्डले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
भदौ १९ गतेभित्र आवेदन फारम बुझाई सक्नुपर्ने
मौका परीक्षा सहभागि हुनका लागि बोर्डले भदौ १९ (बुधबार)सम्म आवेदन फारम बुझाई सक्न सूचना जारी गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै प्रति विषय ६०० शुल्क र बिलम्ब शुल्क १२०० बुझाई सोको भौचर बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन अनुरोध समेत गरेको छ ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया