स्नातकोत्तर अध्ययनका लागि हेल्पले दियो दुई जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं– हेलम्बु एजुकेशन एण्ड लाइभ्लीउड पार्टनरसीप (हेल्प) ले स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई जनही १ लाख ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले बेलायती संस्था मोण्डो फाउण्डेशनको सहकार्यमा ललितपुरकी शर्मिला तामाङ र रोल्पाका योगेन्द्र घर्ती क्षेत्रीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
हेल्पले उक्त छात्रवृत्तिका लागि गत जुलाई बाट आवेदन आह्वान गरेको थियो । जसमा १३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ८ जनालाई सर्टलिष्ट गरी अन्तर्वार्ता लिइएको हेल्पका अध्यक्ष जिमी लामाले एजुकेशन समाचारलाई जानकारी दिए । ‘८ जनाबाट छानिएर ४ जना टप लिष्टमा परेका थिए,’ उनले भने, ‘उनीहरुमध्येबाट २ जना छनोट भएका हुन् ।’
उनीहरुले यही वर्षबाट पढ्ने, पढ्ने सक्ने सुनिश्चितता, आर्थिक पृष्ठभूमी, घरायसी अवस्था, निबन्ध, अन्तर्वार्ता र आगामी दिनमा आवेदकले समाजमा दिन सक्ने योगदान लगायतका मापदण्ड बनाएर छनोट गरिएको लामाले जानकारी दिए ।
यो छात्रवृत्तिको आर्थिक सहयोग मोण्डो फाउण्डेशनले गरेको हो । मोण्डो फाउण्डेसनलाई एन्थोन लन्चले २० वर्ष अघि स्थापना गरेका थिए । एन्थोनी लामो समयदेखि नेपालमा स्वयम्सेवकको रुपमा काम गर्दै आएका थिए । उनले सुरुमा सिन्धुपाल्चोकको हेलम्बुबाट स्वयम्सेवाको माध्यमबाट विशेषगरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका थिए । उनै एन्थोनीको गत वर्ष निधन भएसँगै परिवारले उनको सम्झनामा यो स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको लामाले जानकारी दिए । ‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ,’ उनले भने, ‘धेरै वर्ष अघिबाट सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको गतवर्ष निधन भएको थियो उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो ।’
यो पुरस्कार अब वर्षेनी दुईजनालाई प्रदान गरिने हेल्पले जनाएको छ । सन् २००९ सालमा स्थापित संस्था हेल्पले सुरुवाती वर्षदेखि नै आर्थिक रुपमा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हेल्पले यसपाली पनि कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले यसवर्ष १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । हेल्पले हालसम्म ६ सय ६५ जनाभन्दा बढी विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
ताजा अपडेट
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया