सबै तहका परीक्षा स्थगित गर्ने सरकारको निर्णय, त्रिविले तोक्यो अर्को मिति
काठमाडौं । सरकारले हाल सञ्चालन भइरहेका विभिन्न तहका परीक्षा तत्कालका लागि स्थगित गर्ने भएको छ । निरन्तर वर्षाका कारण देशभर बाढी र पहिरोले वितण्डा मच्चाएपछि सरकारले तत्कालाका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निरन्तर वर्षाका कारण जनधनको क्षती भएपछि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका थिए । सरकारको निर्णयसँगै त्रिभुवन विश्वविद्यालयले भोलि (आइतबार) हुने परीक्षा स्थगित गरी नयाँ मिति तय गरेको छ । त्यस्तै, आज हुने भनिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा पनि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले स्थगित गरेको थियो । भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थी बाटोमै रोकिएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डा। किशोरचन्द्र दाहालले जानकारी दिए। असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारेको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय बीएससी, बीए र बीबीए दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो। स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।
भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् ।
ताजा अपडेट
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया