बंगलादेश जाने सपना बोकेर काठमाडौं आउँदै गरेका जुम्ल्याहा दीपेश–दीपिका झ्याप्ले खोलामै अस्ताए
काठमाडौं– बुटवलको कालिका मानवज्ञान माविको कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराईको झ्याप्ले खोला पहिरोमा पनि मृत्यु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आगामी असोज १७ गते काठमाडौंमा आयोजना गरेको सम्मेलनमा सहभागि हुन काठमाडौं आउनेक्रममा उनीहरु सवार माइक्रो पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
दीपेश र दीपिकासँगै उनहरुकी आमा सीता भट्टराईको समेत पहिरोमा परी मृत्यु भएको छ । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोमाथि पहिरो खस्दा उनीहरुको ज्यान गएको हो ।
कालिकामा कक्षा १० मा अध्ययनरत दीपेश र दीपिका मेधावी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । ‘उनीहरु टपटेन भित्र पर्ने विद्यार्थीहरु हुन्,’ उनले भने, ‘पढाइका साथै उनीहरुमा अतिरिक्त क्रियाकलाप र बाह्यका कुरामा पनि उत्तिकै दखल राख्थे ।’
उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।
विद्यालयका सूचना अधिकारी सर्वेश बर्माका नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् । ‘दोस्रो चरणमा पनि उनीहरु छनोट भएको भए बंगलादेशका लागि उनीहरुको यात्रा सहज हुन्थ्यो,’ उनले भने, ‘उनीहरुले नै अनलाइन फारम भरेर सहभागि भएपनि त्यसमा विद्यालयका तर्फबाट पनि सहयोग गरेका थियौँ ।’
दीपेश र दीपिकाका बुबा होमनाथ भट्टराई विगत ५ वर्षदेखि रोजगारीका लागि दक्षिण कोरियामा छन् । स्याङ्जाको गल्याङ घर भएका उनीहरु लामो समयदेखि बुटवल बस्दै आएका थिए । दीपेश र दीपिकाका एक दाजु काठमाडौंमा स्नातक अध्ययन गर्दैछन् भने एक दिदी धरानमा एमबीबीएस अध्ययन गर्दैछिन् ।
ताजा अपडेट
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया