बंगलादेश जाने सपना बोकेर काठमाडौं आउँदै गरेका जुम्ल्याहा दीपेश–दीपिका झ्याप्ले खोलामै अस्ताए

काठमाडौं– बुटवलको कालिका मानवज्ञान माविको कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराईको झ्याप्ले खोला पहिरोमा पनि मृत्यु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आगामी असोज १७ गते काठमाडौंमा आयोजना गरेको सम्मेलनमा सहभागि हुन काठमाडौं आउनेक्रममा उनीहरु सवार माइक्रो पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
दीपेश र दीपिकासँगै उनहरुकी आमा सीता भट्टराईको समेत पहिरोमा परी मृत्यु भएको छ । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोमाथि पहिरो खस्दा उनीहरुको ज्यान गएको हो ।
कालिकामा कक्षा १० मा अध्ययनरत दीपेश र दीपिका मेधावी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । ‘उनीहरु टपटेन भित्र पर्ने विद्यार्थीहरु हुन्,’ उनले भने, ‘पढाइका साथै उनीहरुमा अतिरिक्त क्रियाकलाप र बाह्यका कुरामा पनि उत्तिकै दखल राख्थे ।’
उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।
विद्यालयका सूचना अधिकारी सर्वेश बर्माका नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् । ‘दोस्रो चरणमा पनि उनीहरु छनोट भएको भए बंगलादेशका लागि उनीहरुको यात्रा सहज हुन्थ्यो,’ उनले भने, ‘उनीहरुले नै अनलाइन फारम भरेर सहभागि भएपनि त्यसमा विद्यालयका तर्फबाट पनि सहयोग गरेका थियौँ ।’
दीपेश र दीपिकाका बुबा होमनाथ भट्टराई विगत ५ वर्षदेखि रोजगारीका लागि दक्षिण कोरियामा छन् । स्याङ्जाको गल्याङ घर भएका उनीहरु लामो समयदेखि बुटवल बस्दै आएका थिए । दीपेश र दीपिकाका एक दाजु काठमाडौंमा स्नातक अध्ययन गर्दैछन् भने एक दिदी धरानमा एमबीबीएस अध्ययन गर्दैछिन् ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया