Techie IT
  • शनिबार, असार २८, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारचिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि तीन जनाको नाम सिफारिस

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि तीन जनाको नाम सिफारिस


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार डिनको नाम सिफारिस गर्न बनेको समितिले प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. सुधा बस्नेत र प्रा.डा. मोहनराज शर्माको नाम सिफारिस गरेको हो ।

यसअघि ११ असोजमा डिन छनोछ समितिले पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ । आइतबार सर्टलिष्टमा परेका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्तापछि डा. सिंह, डा. बस्नेत र डा. शर्माको नाम सिफारिस गरिएको हो ।

सर्टलिष्टमा प्रा. डा. अभिमन्यु झा, प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. शाह, प्रा.डा. शर्मा र प्रा.डा. परेका थिए । डा. झा र डा. श्रेष्ठ भने सर्टलिष्टबाटै बाहिरिएका छन् ।

त्रिविको कार्यकारी परिषद्ले सिफारिस समितिले सिफारिस गरेको डा. शाह, डा. बस्नेत र डा. शर्मामध्येबाट एक जनालाई डिन नियुक्त गर्नेछ । निवर्तमान डिन डा. शाहको कार्यकाल ३ असारमा सकिएपछि त्रिविले नयाँ डिन छनोटको प्रक्रिया ढिलो गरी अगाडि बढाएको हो ।

डिनका लागि १३ जनाको आवेदन परेको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको