२०५६ देखि ०७७ सालसम्म ११ र १२ अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने
काठमाडौँ । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गर्दै फारम भर्न आह्वान गरेको हो ।
बोर्डले कक्षा १२ का हकमा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था बोर्डले गरेको हो ।
त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ । पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।
त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया