नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले लगाए ताला
काठमाडौं– नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारीहरुले ताला लगाएका छन् । दुई बुँदे माग राख्दै आन्दोलनामा उत्रिएका प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयको उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा ताला लगाएका हुन् ।
ऐनमा भएको सेवा सुविधा उपलब्ध नगराएको र स्थायी प्रक्रियाको सुरुवात नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सातौं सिनेट बैठकले स्थायी प्रक्रिया अघि बढाउन निर्देशन दिएको भएतापनि विश्वविद्यालयले त्यसको कुनैपनि प्रक्रिया अघि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनर उपप्राध्यापक भोजराज घिमिरे बताउँछन् । ‘शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सातौँ सिनेटले कार्यकारीलाई एक पटकको लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न निर्देशन दिएको थियो,’ उनल् भने, ‘तर त्यसको कुनैपनि कार्यान्वयन भएन ।’
कार्यकारी परिषद्को आइतबारको बैठकमा सोमबार माग सम्बोधन गर्ने सहमति भएको थियो । तर, सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्राचार्यले बैठक स्थगित गरेपछि आन्दोलनमा उत्रनु परेको घिमिरेले बताए ।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म नि अगाडि बढेको छैन ।
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया