बालाजुस्थित शितला मा.विमा वादविवाद प्रतियोगिता सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित शितला माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । हिजो शनिबार लायन्स क्लब अफ लायन्स बालाजु हाइट, डिवेट नेटवर्क नेपालको सहकार्यमा विद्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा शितला माविसहित सिद्धिगणेश माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय, ज्ञानमन्दिर माध्यमिक विद्यालय, गोरखकाली अंग्रेजी माध्यमिक विद्यालय, सृजना ज्ञानसागर माध्यमिक विद्यालय, विभुति माध्यमिक विद्यालय, सुनौलो क्षितिज माध्यमिक विद्यालय, काठमाडौ भ्याली माध्यमिक विद्यालय, स्याक्रेड हार्ट माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लायन्स क्लव अफ बालाजुहाइट काठमाडौंका अध्यक्ष शालिगराम पौडेलको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा तरुण मा.वि.का प्रतियोगी प्रथम र ज्ञानसागर मा.वि.का प्रतियोगी विद्यार्थी द्धितीय भएका थिए ।
विजेता टिमहरुलाइ शितला माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ, लायन्स क्लव अफ बालाजु हाइटका अध्यक्ष शालिगराम पौडेल र डिवेट नेटओर्क नेपालका अध्यक्ष सशांक जोशीले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो कार्यक्रममा सहभागि १२ वटै विद्यालयहरुलाई सभागिताका लागि धन्यवाद व्यक्त गर्दै विद्यालय तथा विद्यार्थीहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक श्रेष्ठले समापन समारोहमा शितला मा.वि. नियमित पठनपाठनका अलावा अतिरिक्त तथा सहकृयाकलापका लागि उचित गन्तव्यका रुपमा विकास हुदै गएको र यसका लागि स्थानीय अभिभावक, कम्युनिटी वेस्ट अर्गनाइजेसन, विभिन्न संघ संस्था, सरोकारवालाहरु, नीजि विद्यालयहरु, सामुदायिक विद्यालयहरु तथा महानगरपालिकाको सकृय सहयोग पाएको बताए ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया