टाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न
काठमाडौं । जोरपाटीस्थित टाइमलाइन स्कुलले स्वर्गीय गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिता तथा स्रष्टा सम्मानको चौंथो संस्करण सम्पन्न गरेको छ । स्कुलले शुक्रबार विद्यालयको प्राङ्गणमा गायन प्रतियोगिताको चौंथो संस्करण सम्पन्न गरेको हो ।
प्रतियोगितामा ३० वटा विद्यालयकाबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, द सेलिब्रेसन को–एड स्कुल द्वितीय हुँदा नारायणटारस्थित सुनौलो भविष्य स्कुलले तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

यसैगरी, अत्तरखेलस्थित लिबर्टी एकेडेमी चौथो, जुगल नव गुरुकुल स्कुल पाचौँ, इष्टपोल स्कुल छैटौँ, गोठाटार इङ्लिस स्कुल सातौँ, युनाइटेड युनिभर्सल स्कुल आठौँ, बसुन्धारा नेशनल एकेडेमी नवौँ र हाइली क्रिएटीभ स्कुलले दशौँ स्थान हात पारेको थियो । चौंथोदेखि दशौँ हुने प्रतियोगीहरुलाई २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमार्फत पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी र राधा राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गीतकारको निर्णायकका रुपमा साहित्यकार नारायण नेपाल थिए ।

प्रतियोगितामा गीतकारतर्फ ग्लोबल पब्लिक स्कुलका एमके परासरले प्रथम स्थान हात पार्न सफल भए । त्यस्तै, नवअरुणिमा स्कुलका शंकर योगी द्वितीय हुँदा साइप्रस पब्लिक स्कुलका गिरीाज राई तृतीय भएका थिए । उनीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

त्यस्तै, संगीतकारतर्फ अक्सिडेन्टल पब्लिक स्कुलका राजेन्द्र सुवेदी प्रथम भएका छन् । जोरपाटीस्थित सिर्जना इङ्लिस सेकेण्डरी स्कुलका दीपक तामाङ द्वितीय हुँदा नव सुन्ताखान एकेडेमीका डा. निरञ्जन भण्डारीले तृतीय स्थान हासिल गरेका थिए ।

टाइमलाइनले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि स्रष्टा सम्मान गरेको छ । जसमा साहित्यकार गोविन्द घिमिरे (वेदमणी)लाई नगद पाँच हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई बागमती प्रदेशका पूर्व सदस्य रामेश्वर फुयाँलले उद्घाटन गरेका थिए । भने, पुरस्कार वितरण एवम् समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल रहेका थिए । त्यस्तै, विशेष अतिथिका रुपमा नगरपालिकाकी उप–प्रमुख सान्नानी लामा थिइन् ।

कार्यक्रममा विशेष अतिथि लामाले विद्यार्थीहरुको अन्तरर्निहित प्रतिभा प्रस्फुटनका लागि टाइमलाइन स्कुलले उदाहरणीय काम गरेको बताइन् । ‘हामीले नगरपालिकाका तर्फबाट पनि यस्ता प्रतिभा प्रस्फुटनका निम्ति विभिन्न काम गर्दै आएका छौँ,’ उनले भनिन् । कार्यक्रममा बोल्ने क्रममा लामाले प्रतिस्पर्धीहरुलाई हौसला दिँदै कुनै एउटा प्रतियोगितामा पराजय बेहोर्दैमा असफल नभइने बताइन् । ‘यस्ता प्रतिस्पर्धाले नयाँ सिकाई र सिर्जना जन्माउन सहयोग गर्छ,’ उनले भनिन् ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवम् नगरपालिकाका शिक्षा विभाग प्रमुख बिरबहादुर खड्काले टाइमलाइनले गरेको कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले काठमाडौं पूर्वी क्षेत्रमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका निम्ति निरन्तर सांगीतिक कार्यक्रम गर्ने टाइमलाइन स्कुलमात्र रहेको बताए । ‘टाइमलाइनमात्र एउटा त्यस्तो स्कुल हो जसले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि निरन्तर सांगीतिक कार्यक्रम गर्दै आएको छ,’ उनले भने । पछिल्लो पुस्तामा गीत संगीतप्रतिको झुकाव बढ्दै गएको बताउँदै नगर प्रमुख रिसालले नगरपालिकाले पनि सांगीतिक क्षेत्रको उन्नयन र विकासका निम्ति काम गरिरहेको बताए ।

टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै रिजालले गायन प्रतियोगिता र स्रष्टा सम्मानको चौथो संस्करणसम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । साथै, यो कार्यक्रमले वर्षेनी निरन्तरता पाउने प्रतिवद्धतासमेत व्यक्त गरे । त्यस्तै, स्कुलका प्रिन्सिपल रामप्रसाद बडालले कार्यक्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि गरिएको यो कार्यक्रमलाई हामी अझै परिस्कृत गर्दै लैजाने छौँ,’ उनले भने ।

स्वर्गीय गणेशप्रसाल रिजाल टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालका पिता हुन् ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया