त्रिविको ५० औँ दीक्षान्त समारोहमा आमाछोरी नै दीक्षित
काठमाडौं । गत शनिबार त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोह भव्य रुपमा मनायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहबाट १४ हजार ३ सय ८ जना विद्यार्थी दीक्षित भए ।

त्यही भीडमा थिए, जोरपाटीका ललिता उप्रेती रिजाल र दीक्षा रिजाल । उनीहरु आमाछोरी हुन् । राजनीतिशास्त्रमा स्नातक गरेकी ललिता र ट्राभल एण्ड टुरिज्ममा स्नातक गरेकी दीक्षाले एउटै मञ्चबाट दीक्षित हुने सौभाग्य प्राप्त गरे ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित टाइमलाइन स्कुलकी सञ्चालकसमेत रहेकी ललिताले इच्छा शक्ति भयो भने पढाईलाई उमेर बाधक नहुने सन्देश दिएकी छन् । ललिताले २५ वर्षपछि स्नातक तहमा भर्ना भएकी थिइन् । ‘पहिला घर परिवार, स्कुलले गर्दा पढाईलाई निरन्तरता दिन पाएको थिइनँ तर, पढाईको महत्व कति हुँदो रहेछ भन्ने पछि बुझेँ,’ उनले भनिन्, ‘छोरीले प्लस टु सकेपछि मलाई पनि पढ्ने रुचि बढ्यो त्यसपछि आमाछोरी एकैपटक स्नातक तह अध्ययनका लागि भर्ना भएका थियौँ ।’
आफ्नै सन्तानसँग दीक्षित हुन पाउँदा यतिबेला ललितामा बेग्लै खुसी छ । ‘आफूले जन्माएको सन्तानसँग एउटा शैक्षिक यात्रा पार गरेर दीक्षित हुन पाउँदाको खुशी त म व्यक्त गर्नै सक्दिनँ,’ उनले भनिन् ।

राजनीतिशास्त्र र जनसंख्या मुल विषय लिएर स्नातक अध्ययन पूरा गरेकी ललिताले अब राजनीतिशास्त्रमा स्नातकोत्तर गर्ने सोच बनाएकी छन् । ‘मलाई राजनीतिमा पनि रुचि छ त्यसकारण स्नातक तहमा यही विषयमा अध्ययन गरेँ,’ उनले भनिन्, ‘अब राजनीतिशास्त्रमै मास्टर्स गर्ने सोचमा छु ।’

ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया