चौंथो रिलायन्स विज्ञान प्रदर्शनी तथा साहित्य मेला सुरु, ५ हजार बढीले अवलोकन गर्ने
काठमाडौं । चावहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल कलेजमा राष्ट्रव्यापी चौथो विज्ञान प्रदर्शनी सुरु भएको छ । विद्यार्थीलाई सूचना प्रविधिको अन्वेषण तथा प्रवर्दनात्मक कार्यमा लाग्न उत्प्रेरणा भर्ने उद्धेश्यले आज (बिहिबार)बाट प्रदर्शनी सुरु भएको हो ।
यसैपालीबाट रिलायन्सले विज्ञान प्रदर्शनीसँगै साहित्य मेलाको समेत संयुक्त आयोजना गरेको छ । साहित्य मेलामा विद्यार्थीले साहित्यकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग साक्षात्कार गर्नेछन् ।
शैक्षिक क्रियाकलापअन्तर्गत सिकाई प्रणालीमा जोड दिँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित प्रदर्शनीलाई काठमाडौं उपत्यकाका ५ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
प्रदर्शनीको उद्घाटन समारोहलाई प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सदस्य सचिव डा. रवीन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् । औपचारिक कार्यक्रमको सुरुवातमा संस्थापक निर्देशक, एवम् संस्कृति विभाग प्रमुख दामोदार निरौलाले योग ध्यानको महत्व दर्शाउँदै कार्यक्रममा उपस्थित अतिथि, शिक्षक, विद्यार्थीहरुलाई दुई मिनेट ध्यान गराएका थिए ।
त्यस्तै, कार्यक्रममा उपस्थित सम्पूर्णलाई कलेजका संस्थापक निर्देशक एवम् सहायक क्याम्पस प्रमुख नन्दुप्रसाद कुशुवाहले मन्तव्यमार्फत स्वागत गरेका थिए । रिलायन्सले आयोजना गरेको साइन्स फेयरमा अन्वेषण र नयाँ प्रवर्दनात्मक कार्य गर्नेहरुको भेला भएको बताए । ‘प्रदर्शनीमा वर्तमान परिप्रेक्षका जल्दोबल्दो समस्यालाई प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने सामग्रीहरु राखिएका छन्,’ उनले भने, ‘विद्यार्थीले विभिन्न स्रोत साधन जुटाएर तयार पारिएका ती सामग्रीमा सुनौलो भविष्य देखिन्छ ।’
यस्तै, कलेजका साइन्स एण्ड आइटी क्लबका अध्यक्ष शतक बर्माले प्रदर्शनीमा ज्ञान प्रदर्शन नगरी नयाँ पुस्ताको भविष्य नै प्रस्तुत गरिएको बताए । ‘हामीले पढेको र सिकेको कुरामा मात्र प्रदर्शनीमा छैन,’ उनले भने, ‘जहाँ नयाँ पुस्ताको भविष्य पनि प्रस्तुत गरिएको छ ।’
त्यस्तै, लिट्रेचर क्लबकी अध्यक्ष प्राश्ना थपलियाले साहित्यले समाजको झ्यालको ऐना भएकाले यसले आफूजस्ता विद्यार्थी पठन संस्कृतिको विकास गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले पछिल्लो पुस्ताका विद्यार्थीहरुमा प्रविधिप्रति लगाब रहेपनि लगनशिलताको भने खाँचो रहेको प्रष्ट पारे । ‘विद्यार्थीहरुमा प्रविधिप्रति रुचि त छ तर लगनशिलताको भने खाँचो देखिन्छ,’ कार्यक्रममा बोल्दै डा. ढकालले भने, ‘अब विद्यालयहरुले विद्यार्थीहरुलाई प्रविधिका क्षेत्रमा लगनशील भएर लाग्न प्रेरणा भर्नुपर्ने देखिन्छ ।’
त्यस्तै, विद्यार्थीहरुलाई अरुले गरेको काम भन्दा पनि आफ्नै दिमाग खियाएर प्रविधिको अन्वेषणमा लाग्न उनले सुझाव दिए । ‘नेपालमा आगलागी नियन्त्रण, नदी सरसफाई र कृषिमा रहेको समस्यालाई समाधान गर्न थुप्रै प्रविधिको आविष्कार गर्न जरुरी छ,’ उनले भने, ‘यस्ता कुरामा विद्यार्थी भाइबहिनीहरुले आजैबाट दिमाग खियाउन सुरु गर्नुस् ।’
कार्यक्रममा उनले प्रतिष्ठानले गरिरहेको कामको समेत अवगत गराएका थिए । नास्टले ४ वर्ष अघि अन्तरिक्षमा प्रक्षेपण गरेको स्याटलाइटबारे अवगत गराउँदै अब दुई महिनाभित्र मुनाल नामको स्याटेलाइट प्रक्षेपण गर्न लागेको समेत उनले जानकारी गराए । त्यस्तै, प्रविधिका क्षेत्रमा रुचि भएका र विशेष आइडीया भएका विद्यार्थीहरुलाई नास्टले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्र्दै आएको समेत बताए ।
कार्यक्रमका सभापति एवम् रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले तीन दिने प्रदर्शनीमा देशभरका ५ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताए । पढाईलाई सिर्जनासँग जोड्ने उद्धेश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीको सिर्जना र अन्वेषणको अवलोकन गर्न सकिने बताए । ‘अबको पुस्ता धेरै पढेको भन्दा पनि सिर्जनात्मक हुन जरुरी छ,’ उनले भने, ‘अब पढाईलाई डिग्रीसँग होइन सिर्जनासँग दाँज्नुपर्दछ ।’
शनिबार सम्पन्न हुने प्रदर्शनीको समापन समारोहमा आन्तरिक अतिरिक्त क्रियाकलापमा विजेताहरुलाई पुरस्कार वितरण र सांगीतिक कार्यक्रमहरुसमेत हुने कलेजले जनाएको छ । सोही दिन रिलायन्स सिङ्गिङ आइडलको ग्राण्ड फिनालेसमेत आयोजना गरिने बताइएको छ । प्रदर्शनी फागुन ३ गतेसम्म चल्नेछ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया