४८ जनाले जेलबाटै एसईई दिँदै
काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ४८ जनाले जेलबाटै परीक्षा दिन लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट छ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।
परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन्। ती सबै विद्यार्थीका लागि सदरमुकाममा परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा बढी परीक्षार्थीहरू काठमाडौं छन्। काठमाडौंबाट झन्डै ३९,००० परीक्षार्थी एसईईमा सहभागी हुँदै छन्।
एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको परीक्षा बोर्डले जनाएको छ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया