Techie IT
  • मंगलबार, भदौ २, २०८३ / Tuesday, August 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक जारी

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक जारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बसेको छ । शिक्षकहरुको निरन्तर आन्दोलनका कारण परीक्षा सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन बैठक बसेको सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट गर्ने गरी बोर्डले तयारी गरिरहेको थियो । तर, शिक्षा ऐनको माग गर्दै तीन सातादेखि शिक्षकहरु निरन्तर आन्दोलनमा रहेकाले परीक्षा प्रभावित हुने देखिएको हो । त्यसैबारे निर्णय लिन बोर्डको बैठक बसिएको अर्यालले बताए । यद्यपि, बोर्डले भने परीक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेको उनको भनाइ छ । ‘हामीले परीक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ उनले भने,‘प्रश्नपत्र पठाउने एक मिनेटको कुरा हो त्यसमा कुनै समस्या छैन तर शिक्षकहरु सडकमा हुँदा परीक्षा सञ्चालन गर्न कतिको सम्भव हुन्छ भन्ने बारे छलफल गर्न हामी बैठक बसिरहेका छौँ ।’



तपाईको प्रतिक्रिया

धेरैले पढेको