कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने निर्णय गरेको छ । मंगबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएसँगै बसेको बोर्डको बैठकले वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले एजुकेशनसमाचारलाई जानकारी दिए । ‘वैशाख २१ गतेबाट परीक्षा गर्ने निर्णय भएको छ,’ उनले भने ।
यसअघि बोर्डले ११ वैशाखबाट कक्षा १२ को परीक्षा सुरु गर्ने तयारी गरेको थियो । तर, तीन सातादेखि शिक्षा ऐनको माग गर्दै शिक्षकहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयको समेत बागडोर सम्हालेका प्रधानमन्त्री ओलीले परीक्षा सार्नका लागि निर्देशन दिन बाध्य भएका थिए ।
सोही अनुसार बोर्डले नयाँ मिति घोषणा गरेको हो । परीक्षा तालिका भने सोही अनुसार नै हुने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । ‘परीक्षाको मिति मात्र परिवर्तन भएको हो तालिका सोही अनुसार नै हुन्छ,’ उनले भने ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया