Techie IT
  • बुधबार, असार २५, २०८२ / Wednesday, July 9, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारएकआपसमा मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन दिन त्रिविको आह्वान

एकआपसमा मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन दिन त्रिविको आह्वान


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले मर्ज हुन चाहने क्याम्पसहरुलाई असार मसान्त भित्र निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना जारी गर्दै एकआपसमा गाभिन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई निवेदन दिन आह्वान गरेको हो ।

मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविको सूचनामा उल्लेख छ ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन् । कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक हुने गरेका छन् ।

त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् । तिनैलाई लक्षित गर्दै त्रिविले उक्त सूचना जारी गरेको हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको