वर्षे र हिउँदे विदामा पनि पठनपाठन गराउन विद्यालयलाई मन्त्रालयको अनुरोध
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरुलाई वर्षे र हिउँदे बिदाको अवधिमा पनि पठनपाठन गराउन अनुरोध गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शिक्षक महासंघको गत चैतमा भएको आन्दोलनका कारण पठनपाठनमा पुगेको क्षतिलाई पूरण गर्न वर्षे र हिउँदे विदामा पनि पठनपाठन नियमित गर्न अनुरोध गरेको हो ।
यसअघि नेपाल शिक्षक महासंघले पनि आन्दोलनका कारणले बिथोलिएको विद्यार्थीको पढाईको क्षतिलाई कम गर्न वर्षे र हिउँदे बिदा कटौती गरेर पठनपाठन गराउन सामुदायिक विद्यालयहरुलाई अनुरोध गरेको थियो । महासंघकै प्रतिवद्धताका आधारमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको हो ।
‘शिक्षा ऐन २०२८ को दफा १६ (ङ) अन्तर्गत भएको कानूनी व्यवस्था अनुसार नेपाल शिक्षक महासङ्घबाट पेशागत हकहितका खातिर सञ्चालन गरिएको पेशागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा विद्यालयका कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थिति लगायतका सवालहरूको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एकमहिना सम्म शिक्षा ऐनको माग गर्दै सडकमा ओर्लिएका शिक्षक तथा कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेशागत दैनिकी सूचारु गरिरहेको छन् । ‘सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ मन्त्रालयले भनेको छ ।
ताजा अपडेट
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
- अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
- त्रिविले सार्वजनिक गर्यो स्नातक तहको नयाँ भर्ना तालिका
- देशभरका सबै विद्यालयमा शनिबार र आइतबार बिदा लागू गर्न सरकारको कडा निर्देशन
- काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, चित्त नबुझे के गर्ने ?
- शिक्षामा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
- एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य गर्ने सम्झौता
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया