बालेनको निर्देशनमा संस्कृति र युलेन्स स्कुलमा लगाएको ताला महानगरले फुटायो
काठमाडौं । बालाजुको सानो भ¥याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा लागेको ताला काठमाडौं महानगरपालिकाले फुटाएको छ । अनेरास्ववियु क्रान्तिकारीले लगाएको तालालाई महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो ।
क्रान्तिकारीले यी दुई विद्यालयमा हिजो सोमबार तालाबन्दी गरेको थियोे । यद्यपि, के कारणले तालाबन्दी गरेको हो भन्ने बारे जानकारी नभएको काठमाडौं महानगरपालिकाअन्तर्गत शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए । ‘अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै हामीले तत्काल एक्सन लिएका हौँ’, उनले भने , ‘तर के कारणले ताला लगाइएको हो भन्ने बारे कुनै हामीलाई जानकारी छैन ।’
यसैबीच मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो ।’
तर, पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने । त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया