बालेनकै शिक्षा सल्लाहकारले नै दिइन् राजीनामा, यस्तो रहेछ कारण
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चालेका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । शैक्षिक मेला, चलचित्र हल बन्द गराउने लगायतका बालेन शाहको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार अर्यालले राजीनामा दिएकी छन् ।
अर्यालले सामाजिक सञ्जालमा मेयर बालेन्द्र शाह (बालेन) को पछिल्ला गतिविधिबाट आफू सन्तुष्ट हुन नसकेको बताउँदै राजीनामा दिएकी हुन् । यद्यपि, कुन कुन विषयमा असहमति हो भन्ने बारे भने उनले केही खुलाएकी छैनन् ।
‘१० महिनाअघि काठमाडौंका मेयरको सल्लाहकारको रूपमा आबद्ध भएँ र काठमाडौंको युवा नेतृत्वलाई सुधारका लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन स्वयंसेवकको हैसियतमा सक्दो सेवा गरेँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यद्यपि, मेयरको हालैका केही कार्य, निर्णय लिने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यताको विरुद्धमा भएकाले मैले राजीनामा दिएको छु ।’
बालेनले केही दिन अघि दक्षिण भारतीय चलचित्र आदिपुरुषले विवादित अंश नहटाएको भन्दै महानगरभित्रका चलचित्र हलमा हिन्दी फिल्म प्रदर्शन बन्द गराएका थिए । त्यस्तै, हिसानले गरेको शैक्षिक मेलालाई पनि बालेनले रोक लगाएपछि रुष्ट बनेकी रेशुले अन्ततः राजीनामा दिएकी हुन् ।
यसैगरी, बालेनले लोकतान्त्रिक चरित्रलाई आत्मसाथ नगरेको उनको आरोप छ ।
यता बालेनले भने काठमाडौंको शैक्षिक सुधारका लागि परिणाममुखी काम गर्दै आएका छन् । महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि १० प्रतिशत छात्रवृत्तिमा कडाई गरेका बालेनकै कारण १३ हजार विद्यार्थी लाभांन्वित भएका छन् । उसो त छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई महानगरले १ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।
काठमाडौं महानगरपालिका भित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाइसकेका छन् । यदि बाँकी विद्यालयले छात्रवृत्ति विवरण नबुझाए अनुमति वा स्वीकृतीसमेत रद्ध गर्ने चेतावनी महानगरले दिइसकेको छ ।
यसरी विद्यार्थी केन्द्रीत शैक्षिक निर्णय गर्दै आएका बालेनविरुद्ध किन रुष्ट बनिन् त अर्याल ? पक्कै पनि अर्यालले यसबारे आफ्नो धारणा सार्वजनिक गर्लिन् नै ।
को हुन् रेशु अर्याल ?
सार्वजनिक शिक्षाको सुधारमा लागेकी एक अभियन्ता हुन् । उनी टिच फर नेपालकी पूर्व अध्यक्ष समेत हुन् । उनले झण्डै ५ वर्ष टिच फर नेपाललाई हाँकेकी थिइन् ।
उनलाई गत वर्ष भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका थिए ।
अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । त्यस्तै, २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
अर्याल नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक भास्कर ढुंगानाकी श्रीमतीसमेत हुन् । महानगरले हिन्दी फिल्म प्रदर्शन रोक्ने कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगरका एक कर्मचारी बताउँछन् ।
ताजा अपडेट
- नेपालका अब्बल ३० माविहरू
- अघि बढ्यो आठ वटा विश्वविद्यालयको उपकुलपतिका नियुक्तिको प्रक्रिया
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?






तपाईको प्रतिक्रिया