Techie IT
  • आईतबार, भदौ १४, २०८३ / Sunday, August 30, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार परीक्षा वैशाख १४ गते सोमबारदेखि देशभर तथा विदेशका तोकिएका केन्द्रमा एकसाथ सुरु हुनेछ ।

यस वर्ष देशभर तथा विदेशमा गरी १ हजार ५ सय २१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा कुल ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार ७ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना रहेका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी परीक्षार्थी बागमती प्रदेश मा रहेका छन्, जहाँ १ लाख २० हजार ४ सय ७७ जना सहभागी हुँदैछन् ।

सबैभन्दा कम मुस्ताङ जिल्ला मा ३१ जना परीक्षार्थी रहेका छन् । भने सबैभन्दा बढी काठमाडाैंमा रहेका छन् । जहाँ ६४ हजार ३ सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

 त्यसैगरी सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ वटा तोकिएको छ भने सबैभन्दा कम मुस्ताङमा १ वटा केन्द्र रहेको छ । विदेशतर्फ जापानमा १ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा सञ्चालनका लागि बोर्डले ४४ हजार २ सय ४ जना जनशक्ति परिचालन गरेको जनाएको छ । बोर्डले परीक्षा व्यवस्थित, मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको