कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु गरेको छ । बोर्डका अनुसार देशभर तथा विदेशका तोकिएका केन्द्रमा परीक्षा एकसाथ सञ्चालन भइरहेको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
यस वर्ष देशभर तथा विदेशमा गरी १ हजार ५ सय २१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा कुल ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार ७ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना रहेका छन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी परीक्षार्थी बागमती प्रदेश मा रहेका छन्, जहाँ १ लाख २० हजार ४ सय ७७ जना सहभागी हुँदैछन् । सबैभन्दा बढी काठमाडौं जिल्लामा ६४ हजार ३ सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
सबैभन्दा कम मुस्ताङ जिल्ला मा ३१ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ वटा तोकिएको छ भने सबैभन्दा कम मुस्ताङमा १ वटा केन्द्र रहेको छ । विदेशतर्फ जापानमा १ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा सञ्चालनका लागि बोर्डले ४४ हजार २ सय ४ जना जनशक्ति परिचालन गरेको जनाएको छ । बोर्डले परीक्षा व्यवस्थित, मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने जनाएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया