बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड को अनुगमन गर्दै कक्षा १२ को परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र कार्यशैलीबारे कडा निर्देशन दिएका छन् ।
कक्षा १२ को बोर्ड परीक्षा नजिकिँदै गर्दा मन्त्री पोखरेल बोर्डको कार्यालय सानोठिमी पुगेर तयारी अवस्थाबारे जानकारी लिएका हुन् । अनुगमनमा चुडामणि पौडेल पनि सहभागी थिए । संयुक्त अनुगमनपछि आयोजित कार्यक्रममा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल ले हालसम्म भएका काम, परीक्षा तयारी तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।
त्यसैगरी बोर्डकी सहसचिव तथा प्रशासन प्रमुख जयन्ती सत्याल ले बोर्डभित्र अझै केही कार्यप्रणाली पुरानै ढाँचामा सञ्चालन भइरहेकाले समयअनुसार सुधार, प्रविधिमैत्री सेवा, छिटो निर्णय प्रक्रिया र सेवाग्राहीमैत्री व्यवस्थापन आवश्यक रहेको बताइन् । उनले बदलिँदो शैक्षिक आवश्यकता र विद्यार्थी–अभिभावकको अपेक्षाअनुसार बोर्डलाई अझ प्रभावकारी, उत्तरदायी र आधुनिक बनाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा शिक्षा सचिव पौडेलले सरकारको गति, जनअपेक्षा र नयाँ पुस्ताको चाहनाअनुसार बोर्डले काम गर्नुपर्ने बताएका थिए । उनले परिणाम दिन नसक्ने, ढिलासुस्ती गर्ने र जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था आए मार्गप्रशस्त गर्नसमेत तयार रहन चेतावनी दिएका थिए ।
उनले भने, “सरकार जुन गतिमा अघि बढिरहेको छ, हामीले पनि त्यही गतिमा काम गर्नुपर्छ । काम गर्न सकिँदैन भने मार्गप्रशस्त गर्नुपर्छ ।”
त्यसैगरी मन्त्री पोखरेलले अब भाषणभन्दा काम गरेर देखाउने समय आएको भन्दै बोर्ड नेतृत्वलाई स्पष्ट निर्देशन दिएका थिए । उनले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने स्पष्ट निर्देशन दिँदै सोहीअनुसार कार्ययोजना बनाएर तत्काल काम अघि बढाउन निर्देशनसमेत दिएका हुन् ।
मन्त्रीले भने, “अब आलटाल गर्ने बेला सकियो । परिणाममुखी भएर काम गर्नुपर्छ । समयमै नतिजा दिनैपर्छ ।” त्यसैगरी मन्त्रीले कक्षा १२ को नतिजा पारदर्शी, निष्पक्ष, त्रुटिरहित र तोकिएको समयभित्रै सार्वजनिक हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया