व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
पुल्चोक क्याम्पसको हाताभित्रै विवादास्पद रुपमा खोलिएको थियो निजी इम्बार्क कलेज
काठमाडौं— धितोपत्र बजारलाई प्रभावित गरेको कसुरमा इम्बार्क कलेजका अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । बिहीबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले इम्बार्क कलेजका अध्यक्षसमेत रहेका व्यवसायी गोल्छालाई नक्सालबाट पक्राउ गरेको सिआईबीका प्रवक्ता शिव श्रेष्ठले जानकारी दिए ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा उतारचढाव र धितोपत्र बजारलाई प्रभावित पारेको कसुरमा गोल्छामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको विवादास्पद व्यवसायी दिपक भट्टसँग शंकास्पद सम्बन्धमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
व्यवसायी गोल्छाले एक वर्षअघि पुल्चोक क्याम्पसको जग्गामा निजी कलेज खोलेपछि उक्त कलेज विवादमा परेको थियो । तर, तत्कालीन सरकार र सरकारी संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसक्दा उक्त निजी कलेज अहिले पनि सरकारी क्याम्पसकै जग्गामा चलिरहेको छ । गोल्छा समूह र ग्लोकल प्रा.लि.को सहकार्यमा एक वर्षअघि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को पुल्चोक क्याम्पसकै जग्गामा इम्बार्क कलेज खोल्ने गरी जग्गा कसरी भाडामा दिइयो भन्ने विषय गम्भीर रुपमा उठेको थियो । त्यतिबेला इम्बार्क कलेजका लागि जग्गा भाडामा लिन गरिएको टेण्डर प्रक्रिया नै विवादमा परेको थियो ।
कतिपयले गोल्छाले त्यो बेला तत्कालीन पुल्चोक क्याम्पस व्यवस्थापनलाई प्रभावमा पारेर क्याम्पसकै हाताभित्र कलेज स्थापना गर्न सफल भएको आरोपसमेत लगाएका थिए । त्यो बेला पुल्चोक क्याम्पसको प्रमुख इन्द्र आचार्य थिए । उनले गोल्छाको क्याम्पसले व्यवस्थापन पढाउने र पुल्चोक इन्जिनियरिङ क्याम्पस भएकाले भाडामा दिएको प्रष्टीकरण दिएका थिए । ‘स्वार्थको द्वन्द्व हुने किसिमले विवादास्पद रुपमा पुल्चोक क्याम्पसको जग्गा गोल्छा समूहलाई कलेज स्थापना गर्नका लागि दिइयो,’ पुल्चोक कलेजका एक कर्मचारी भन्छन्, ‘आफ्नै विद्यार्थीहरुका लागि पर्याप्त ठाउँ र पूर्वाधार अझै अभाव छ ।’
गोल्छाले नविल बैंक भाडा बसेको पुल्चोक क्याम्पसको भवनसहितको जग्गा मासिक १८ लाख रुपैयाँ तिर्ने गरी भाडामा लिएका थिए । उक्त भवन र जग्गा इम्बार्क कलेज खोल्न दिँदा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डिन कार्यलयलाई पनि गुमराहमा राखिएको थियो । नविल बैंक उक्त स्थानबाट हटेपछि कलेज र क्याम्पसबाहेकलाई उक्त भवन र जग्गामा भाडामा दिन डिन कार्यलयको निर्देशन थियो ।
तर, डिन कार्यलयको उक्त निर्देशन लत्याउँदैं तत्कालीन क्याम्पस नेतृत्वले गोल्छाको निजी कलेजलाई भाडामा दिने विवादास्पद निर्णय गरेको थियो । १३ मंसिर २०८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालन अनुमति पाएको इम्बार्क कलेजले युनिभर्सिटी अफ रोह्याम्प्टन युकेसँग शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट र एमबीएलगायतका कोर्सहरु सञ्चालन गरिरहेको छ । अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्कुलमा सटर भाडामा दिएर कमिसनको चक्कर चलाउनेहरुमाथि डण्डा चलाएका थिए । जसका कारण पुल्चोक क्याम्पसको हाताभित्रै निजी कलेज खोल्न दिने तत्कालीन क्याम्पस प्रशासनको विवादित निर्णय बालेन सरकारले सच्चाउन सक्ने धेरैको आँकलन छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया