त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित शीर्ष पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।
रास्वपा नेतृत्वको सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यसहित उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले पद त्याग गरेका हुन् ।
शिक्षाध्यक्ष केसीले नेपाल प्रेससँग कुरा गर्दै आफूहरू मूलतः कक्षाकोठामा केन्द्रित प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज वातावरण सिर्जना गर्न राजीनामा दिएको बताएका छन् ।
हालै सिफारिस गरिएको अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका केही नेताबाट पनि त्यस्तै संकेत देखिएपछि पदाधिकारीहरूले बिहीबार कुलपति बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
उपकुलपति अर्याललाई केपी शर्मा ओलीको कार्यकालमा नियुक्त गरिएको थियो भने शिक्षाध्यक्ष केसी र रजिष्टार रिजाललाई पुष्पकमल दाहाल नेतृत्वको सरकारका बेला मेरिटका आधारमा जिम्मेवारी दिइएको थियो ।
यस घटनाले विश्वविद्यालय नेतृत्वमा एकैचोटि ठूलो खालीपन सिर्जना गरेको छ भने अब नयाँ नियुक्ति प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया