विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
काठमाडौं– तिलगंगा स्कुल अफ अप्थाल्मिक साइन्स कलेजको व्यवस्थापन समितिले आगामी शैक्षिक सत्र २०८२/०८३ का लागि प्रमाणपत्र तह अप्थाल्मिक असिस्टेन्ट (ओए)मा नयाँ विद्यार्थी भर्ना नगर्ने निर्णय गरेको छ । २८ बैशाखमा तिलगंगाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी)लाई ओएमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अघि नबढाउन अनुरोध गर्दै निवेदन दिएको छ ।
ओएमा अध्ययनरत विद्यार्थीहरुबाट मनामोनी शुल्क असुलेपछि तिलगंगा पछिल्लो समय विवादित बन्दै आएको थियो । विद्यार्थीहरुले आफूहरुसँग कलेजले मनोमानी ढंगबाट शुल्क असुलेको र उक्त शुल्क आफूहरुले फिर्ता पाउनुपर्ने माग गर्दै सिटीइभिटीमा निवेदन दिएका थिए । सोहीअनुसार सिटीइभिटीले गत २१ पुसमा सिटिइभीटीका निर्देशक हेमन्त पराजुलीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
उक्त समितिले तिलगंगाले विद्यार्थीहरुबाट बढी शुल्क असुलेको र उक्त शुल्क विद्यार्थीहरुलाई फिर्ता गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सिटिइभीटीले गत १५ माघमा सदस्य सचिवस्तरीय निर्णय गर्दै विद्यार्थीको बढी हुन आउने शुल्क विवादरहित ढंगबाट फिर्ता गर्न तिलगंगालाई निर्देशन दिएको थियो ।
यो पढ्नुहोस्ः
विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
तर, तिलगंगाले भने सिटिइभीटीकै निर्देशनलाई अटेर गरी गत ६ फागुनमा निर्देशनलाई पुनरावलोकन गरिदिन भन्दै निवेदन दिएको थियो । ‘पुनरावलोकन गर्न भन्दै निवेदन लिएका आएका थिए, पहिला हामीले दिएको निर्देशन पालना गर्नु अनि बाँकी कुरा गरौँला भनि फर्काइदिएका थियौँ,’ सिटीइभीटीका एक उच्च अधिकारीले भने ।
सिटीइभिटी स्रोतकाअनुसार ओएको विषयलाई लिएर रन्थनिएका तिलगंगाका पदाधिकारीहरु यो विषयलाई टुंग्याइदिन भन्दै तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसमेत गुहार्न पुगेका थिए । मन्त्रीले पनि यो विषयमा चासो नदिएपछि उनीहरु कार्यक्रम नै बन्द गर्ने अवस्थामा पुगेको हुनसक्ने ती अधिकारीको अनुमान छ ।
‘शिक्षा मन्त्री विद्या भट्टराई कहाँ पनि अप्थाल्मिक असिस्टेन्टको विवाद मिलाइदिन भन्दै तिलगंगाका केही पदाधिकारी पुगेका थिए तर मन्त्रीले पनि चासो नदेखाएपछि उनीहरु कार्यक्रम नै बन्द नगर्ने अवस्थामा पुगेको हुनुपर्छ,’ सिटीइभिटीका ती अधिकारीले भने ।
तिलगंगाले २०७१ मंसिर ९ गतेदेखि सम्बन्धन प्राप्त गरी अप्थाल्मिक साइन्सका कार्यक्रमहरु अध्यापन गराउँदै आएको छ । जसले प्रशिक्षण शुल्कमा अन्य निजी संस्थाभन्दा ३० प्रतिशत छुट दिने शर्तमा सम्बन्धन स्वीकृती पाएको थियो । ‘विद्यार्थीहरुसँग लिने प्रशिक्षण शुल्क निजी संस्थाको भन्दा कम्तीमा ३० प्रतिशत कम लिनुपर्ने छ,’ तिलगंगालाई सिटिइभिटीले दिएको सम्बन्धन पत्रको ४० नम्बर बुँदामा उल्लेख छ ।
तर, तिलगंगाले भने आफ्नै संरचनामा उल्लेख गरिएको ट्युसन फी अर्थात प्रशिक्षण शुल्कमा समेत छुट दिएको छैन । तिलगंगामा अप्थाल्मिक असिस्टेन्ट (ओए)मा अध्ययन गर्ने विद्यार्थीले ३ लाख ९४ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । जसमा ट्युसन फी शीर्षकमा मात्र मासिक उनीहरुले ६ हजार ५ सय रुपैयाँ बुझाउँछन् । यसरी तीन वर्षमा विद्यार्थीहरुले प्रशिक्षण शुल्क शीर्षकमा २ लाख ३४ हजार रुपैयाँ भुक्तानी गर्दै आएका छन् ।
तिलगंगाले सम्बन्धन प्राप्त गर्दा दिने भनिएको ३० प्रतिशत छुटलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीले प्रशिक्षण शुल्कबापत १ लाख ६३ हजार ८ सय रुपैयाँमात्र तिरे पुग्छ । तर, तिलगंगाले आफ्नै शुल्क संरचनामा उल्लेख भएको छुटलाई समेत ख्याल नगरी प्रत्येक ब्याचका विद्यार्थीहरुबाट मनोमानी ढंगले ७० हजार २ सय रुपैयाँ बढी शुल्क असुलिरहेको छर्लङ्ग छ ।
तिलगंगामा हाल दशौं ब्याचका विद्यार्थीहरु ओए अध्ययन गरिरहेका छन् । यो ब्याचसम्म आइपुग्दा तिलगंगाले ३ सय ८० जनालाई ओए अध्यापन गराएको छ । जसमा ४० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका छन् । यसबाहेक अन्य ३ सय ४० जनालाई भने सम्बन्धन पत्रमा उल्लेख गरिएको छुटसमेत नदिई पूर्ण शुल्क ३ लाख ९४ हजार रुपैयाँ लिइरहेको छ । तिलगंगाले आफ्नै शुल्क संरचनालाई पुनरावलोकन गर्ने हो भने पनि प्रत्येक विद्यार्थीलाई ७० हजार २ सय फिर्ता गर्नुपर्ने देखिन्छ । यो रकम २ करोड ३८ लाख ६८ हजार रुपैयाँ हुन आउँछ । यही शुल्क फिर्ता गर्नुपर्ने अवस्था आएपछि तिलगंगा व्यवस्थापन ओए कार्यक्रम नै बन्द गर्ने अवस्थामा पुगेको विद्यार्थीहरुको आरोप छ ।
यो पढ्नुहोस्ः
तिलगंगाले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा
विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया